गृहमन्त्री अमित शाहलाई अक्षय कुमारले दिए यस्तो सल्लाह

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमार यतिबेला रिलिजको तयारीमा रहेको आफ्नो फिल्म ‘गुड न्युज’ को प्रमोसनमा व्यस्त छन्। फिल्म प्रमोसनकै क्रममा भारतीय गृहमन्त्री अमित शाहलाई दिएको एक सल्लाहका कारण अक्षय कुमार अहिले निकै चर्चामा छन्।

जुन कार्यक्रममा अक्षय कुमार बोलिरहेका थिए, त्यही कार्यक्रममा गृहमन्त्री शाह पनि उपस्थित थिए। अक्षयपछि बोल्ने पालो थियो, शाहको। कार्यक्रममा अक्षय कुमारलाई अमित शाहसँग प्रश्न राख्न भनियो। त्यसको फाइदा उठाउँदै अक्षयले गृहमन्त्रीलाई केही सल्लाह दिए।

अक्षयले भने, ‘म अमित शाहलाई सल्लाह दिन चाहन्छु- गृहमन्त्रीज्यू, तपाईं साँझ साढे ६ बजेपछि खाना नखानुहोस्। हाम्रो शास्त्रमा पनि सूर्यास्तपछि खाना खान नहुने उल्लेख गरिएको छ।’

अक्षयले अगाडि भने, ‘सूर्यास्तपछि खाना खानु भएन भने तपाईंलाई फिट रहन निकै मद्दत पुग्छ। तपाईं देशको महत्वपूर्ण व्यक्ति हुनुहुन्छ, त्यसैले तपाईंले आफ्नो स्वास्थ्यको ख्याल राख्नु अति आवश्यक छ।’

अक्षयको फिल्म गुड न्युज २७ डिसेम्बरमा रिलिज हुँदै छ। यो फिल्ममा अक्षयको साथमा करिना कपुर, कियारा आडवाडी र दिलजित दोसाँझ मुख्य भूमिकामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *