राेनाल्डाेकाे त्याे ‘जम्प’, जुन बास्केटबलमा मात्रै देख्न पाइन्छ !

काठमाण्डौ – इटालियन सिरी ए अन्तर्गत बिहीबार राति भएको खेलमा युभेन्टसले साम्पादोरियाविरुद्ध २–१ को जित निकाल्दा सबैभन्दा धेरै चर्चा क्रिस्टियानो रोनाल्डोको भयो ।

खेल एक–एक गोलको बराबरीमा चलिरहेको अवस्थामा खेलको ४५ औँ मिनेटमा रोनाल्डोले हेडमार्फत् गोल गर्दै युभेन्टसलाई जित दिलाए । त्यो गोलले टिम त खुशी नै थियो तर विपक्षी टिमका खेलाडी, प्रशिक्षक भने आश्चार्यमा परे ।

कारण थियो रोनाल्डोले गरेको जम्प र होल्ड । कुनै सिनेमामा स्लोमोसनमा राखिएको सट जस्तो थियो, उनको त्यो हेडिङ । पेलेको जीवनीमा आधारित सिनेमा ‘इस्केप फर भिक्ट्री’ मा राखिएको अन्तिम सट जस्तै रोनाल्डो हावामा उडिरहेका थिए ।

कुनै सिनेमाको सट जस्तो देखिएको र बास्केटबलमा मात्र कहिले काहीँ देखिने यस्तै दृश्यले युभेन्टसका प्रशिक्षक माउरिसीयो सार्री नै अचम्ममा परेका थिए ।

रोनाल्डोले विपक्षीको डी बक्सभित्र २ दशमलव ५६ मिटर उचाइमा जम्प गरेर १ दशमलव ५ सेकेण्ड आफूलाई हावामा होल्ड गरेर हेडमार्फत गोल गरेका थिए । विपक्षी खेलाडीको टाउकोसम्म कम्मर पुर्‍याएका रोनाल्डोलाई रोक्न कसैले सकेनन् ।

खेलपछि युभेन्टसका प्रशिक्षक सार्रीले उनको यो गोलपछि आफ्नो मुखमा बोल्न नमिल्ने शब्द आएको थियो । कारण यदि अरु शब्द प्रयोग गरेमा त्यो गोलका लागि जायज नहुने बताए ।

चेल्सीका पूर्व प्रशिक्षक सार्रीले रोनाल्डोले केही दिन अगाडि आफ्नो घुँडामा समस्या रहेको बताएका थिए । सारीले भने, ‘ रोनाल्डोले एक महिनासम्म आफू जम्प गर्न नसक्ने बताएका थिए । तर जुन किसिमले उनले जम्प गरेर गोल गरे, त्यसले मलाई मात्र होइन मेरा सहकर्मीलाई खुशीका साथै अचम्ममा पारे ।’

रोनाल्डो यो गोलपछि आफू पूर्णरुपमा फिट भएको देखाएका छन् ।

यस्तै साम्पादोरियाका प्रशिक्षक क्लाउडियो रेनिरीले पनि उनको निकै प्रशंसा गरे । रोनाल्डोले जसरी गोल गरे, त्यो एनबीएमा मात्र देख्न पाइन्छ । उनी झण्डै २ सेकेण्ड हावामा रहे पनि मलाई साढे १ घण्टा नै बसेको जस्तो लाग्यो ।

‘रोनाल्डोले राम्रो गोल गरे, त्योभन्दा अरु केही भन्न सकिन्न । राम्रोलाई राम्रो भन्ने र अगाडि बढ्नुको विकल्प छैन’, उनले भने ।रोनाल्डोको यो गोलको यतिबेला निकै चर्चा भैरहेको छ ।हेर्नुस् राेनाल्डाेकाे गाेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *