जब कार्यक्रममा नायिका सुरक्षा पन्त धरधरि रोइन्…(भिडियो)

काठमाडौ । दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र आमाको कार्यक्रममा जब नायिका सुरक्षा पन्त धरधरि रुन थालिन् कार्यक्रममा उपस्थित सबैलाई निशब्द र भावुक बनाईन् । यो दृश्य आज आमा चलचित्रको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा देखिएको थियो जुन हामी भिडियोमा प्रस्तुत गर्दैछौ।

सुरक्षा पन्तले चलचित्रमा छोरीको भूमिका निर्वाह गरेकी छिन् । आमाको माया र पिडालाई दर्शाउन खोजेको चलचित्रका लागि सुरक्षाले कपाल मुण्डन समेत गरेकी थिईन । सुरक्षाको पात्रले चलचित्रमा आमालाई दागबत्ती दिन र छोराको कमी महशुस हुन नदिन मुण्डन गरेर दागबत्ती दिएको दृश्य खिच्दाको पल सम्झेर सुरक्षा पन्त कार्यक्रममा धुरुधुरु रोईन । सुरक्षाले आफुले यस्तो दृश्य खिच्दा आमाको मायाको महशुस भएको भन्दै भावनात्मक अनुभव साटेकि छिन ।

दिपेन्द्र के खनालको लेखन र निर्देशनमा बनेको चलचित्र फागुन ९ गते बाट प्रदर्शनमा आउदैछ । मिथिला शर्माले चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी छिन् ।

भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *