पीपीएल : बुटवललाई ११९ रनको फराकिलो अन्तरले हराउँदै चितवनले दर्ता गर्‍यो दोस्रो जित

पोखरा, ३ पुष । पोखरा प्रिमियर लिग पीपीएलमा चितवन राइनोजले लगातार दोस्रो विजय दर्ता गरेको छ पोखरा क्रिकेट मैदानमा चितवनले दिएको २०४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा बुटवल मात्र १८ ओभरमा ८४ रन बनाउँदा अलआउट हुन पुग्यो । फलतः चितवनले ११९ रनको फराकिलो अन्तरमा जित हात पारेको छ ।

बुटवलको तीन खेलाडीले मात्र आफुलाई दोहोरो अंकमा उभ्याउन सफल भए । २ रनमा पहिलो विकेट गुमाएको चितवनले १० रन बनाउँदा तीन विकेट गुमाएको थियो । सुरुवात नै कमजोर हुँदा तीन खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किएका थिए ।

त्यसपछि सिंभम सिंह र भीम सार्कीले टिमलाई सम्हाल्ने प्रयास गरेका पनि सफल हुन सकेनन् । सार्की २१ रनमा बाहिरिदा बुटवलले ४५ रन जोड्दा चौथो विकेट गुमाउन पुगेको थियो ।

बुटवलले स्कोरबोर्डमा थप ३८ रन जोड्दा थप पाँच विकेट गुमाएको थियो । बुटवललाई सस्तोमा समेट्न करण केसीले ३ तथा रोहन मृुस्तफाले दुई विकेट लिएका थिए ।

यस अघि कप्तान पारस खड्का र रोहन मुस्तफाको अर्धशतकीय योगदानको सहयोगमा पोखरा प्रिमियर लिग पीपीएलमा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई २ सय ४ रनको चुनौतीपूर्ण लक्ष्य पेश गरेको थियो ।

पोखरा क्रिकेट मैदानमा बिहीबार टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा तीन विकेटको खर्चमा २०३ रन बनायो । पीपीएलको हालसम्मको इतिहासमा यो सबभन्दा ठूलो रन चुनौती बनेको हो ।

राम्रो सुरुवात गर्दै चितवनले पहिलो विकेटका लागि कप्तान पारस खड्का र रोहन मुस्तफाले शतकीय साझेदारीको योगदान आफ्नो टोलीका लागि गर्न सफल भए । पीपीएलको जारी खेलमा पहिलो विकेटका लागि भएको यो सर्वाधक ठूलो साझेदारी हो । जसमा पारस खड्काले अर्धशतकी योगदान दिएका थिए ।

पारसले ४० बलको सामना गर्दै ६५ रन बनाएर बाहिरिएपछि चितवनले एक सय १७ रनमा पहिलो विकेट गुमाउन पुगेको थियो त्यसपछि बाबर हायात मात्र एक रनमा आउट हुँदा एक सय २९ रनमा चितवनले दोस्रो विकेट गुमाउन पुगेको थियो तर हायातको वहिर्गमन पछि आरिफ शेख र रोहनले पनि ६९ रनको साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पु¥याउन सफल भएका थिए ।

आरिफले विस्फोटक व्याटिङ गर्दै १९ बलको सामना गरी ३ चौका र ३ छक्काको सहयोगमा ४० रन बनाएका थिए । यस्तै रोहन मुस्तफाले अविजित ७० रन बनाएका थिए । बुटवलका लागि अफ्ताबुदिन अहमेदले दुई विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *