नागरिकता विधेयक विरोधमा सडकमा उत्रन शबाना आज्मीको अपिल

भारतकी लोकप्रिय अभिनेत्री शबाना आजमीले नागरिकता संशोधन कानून र नेशनल रजिस्टर अफ सिटिजन्सको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा समेल हुन अपिल गरेकी छन् ।

अहिले भारत बाहिर रहेकी अभिनेत्री आजमीले सामाजिक सञ्जाल ट्वीटरमा भिडियो सन्देश जारी गरेर सिएए र एनआरसीको विरोधमा भइरहेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएकी छन् ।

आफू व्यक्तिगत रुपमा नागरिकता संशोधन कानून र एनआरसीको विरोधमा जारी अभियानमा उपस्थित हुन नसकेकोमा अफसोच रहेको उनले बताएकी छन् सम्पूर्ण अभियान शान्तिपूर्ण हुनु पर्नेमा भने उनले विशेष जोड दिएकी छन् । भारतमा हाल सिएए र एनआरसीको विरोधमा प्रदर्शन भइरहेको छ ।

स्थायी कमिटी बैठकमा बिष्णु रिमालको चेतावनी

नेकपाको जारी स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले गुटको आरोपसमेत उल्लेख गर्दै चेतावनीयुक्त लिखित प्रतिवेदन पेश गरेका छन्। उनले प्रतिवेदमा सोधेका छन्, ‘कसले चलाएको टिम गुट हो? कसले चलाएको पार्टी?’

उनले यसबारे स्पष्ट हुनसमेत सुझाएका छन्। उनले भनेका छन्, ‘कसलाई चित्त बुझ्दा कुरा मिलेको मान्ने कसलाई नबुझ्दा? व्यवहारमा ओर्लिउँ। हावामा घुस्सा नचलाऊँ।’चार दिनदेखि नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्थायी कमिटी बैठकमा गुटको पछि लागेको भन्दै नेतृत्वको विरोध भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *