निरुतालाई ‘इन्डियन आइडल’मा आदित्यको निम्तो, यस्तो भूमिकामा निरुता

काठमाडौं।नेपालकी चर्चित अभिनेत्री हुन्- निरुता सिंह । उनी पछिल्लो समय निकै चर्चामा रहेकी छिन् किन भने ‘इन्डियन आइडल’ रियालिटी शोमा पुगेकी छिन् । शोका होस्ट आदित्य नारायणको तर्फबाट उनी ‘इन्डियन आइडल’ सम्म पुगेकी छन्।

आफु लामो समय देखि मुम्बई बस्दै आए पनि ‘इन्डियन आइडल’ रियालिटी शोमा आउने इक्षा थियो तो आज आदित्यलाई धन्यवाद भनेकी छिन् नेपाली नायिकाको प्रतिनिधित्व गर्दै इन्डियन आइडलमा पुगेकी उनले इन्डियन आइडलको सेटको भिडियो तथा फोटो आफ्नो सामाजिक सञ्जाल अर्थात फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

नेपाल आइडल सिजन–३ आजदेखि सुरु हुँदै, रिमा नहुने

काठमाडौं। एपी वान टेलिभिजनबाट प्रसारण हुने सिंङ्गिङ रियालिटी सो ‘नेपाल आइडल’ सिजन–३ आजदेखि सुरू हुँदैछ । अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेको आयोजकले आजबाट प्रशारण सुरू गर्न लागेको हो ।

यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन् । यो सिजनमा रिमा विश्वकर्मा भने हुने छैनन् । उनले यसअघिका दुई सिजनमा होस्ट गरेकी थिइन् । उनी ‘कमेडियन च्याम्पियन’ सो–तर्फ लागेपछि उनको ठाउँमा माम्तीले प्रवेश पाएको बताइएको छ कार्यक्रम राति ८ः३० बजे प्रशारण हुने छ । यसअघि ‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजयी बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *