प्रियंकाको नयाँ बहाना

यंका कार्कीले इन्गेजमेन्ट गरेको नै वर्षदिन पुग्न लाग्यो । उनले छ महिनाअघि टीकाटाला गरेर गत असारमा बिहे गर्ने घोषणा गरेकी थिइन् । इन्गेजमेन्ट समारोह नै दुई–दुई पटक भएको थियो ।

तर, त्यो असार बितेर अर्को असार नजिक आउन थालिसक्यो, विवाहको सुरसार छैन । बरु, ऋचा शर्माले सबैलाई चकित पार्दै विवाह गरिन् । केही दिनअघि उनले राजधानीमा रिसेप्सन पनि दिइसकिन् । यही रिसेप्सनमा आफ्नी आमाका साथ आएकी प्रियंकालाई जब पत्रकारले विवाहको मितिबारे प्रश्न गरे, उनले यो वर्ष विवाह नगर्ने उत्तर दिइन् । कारण चाहिँ के भन्दा उनका आफन्तको समय मिलेन ।

उनले इन्गेजमेन्टको समयमा असारमा विवाह गर्ने साइत जुरेको बताउँदा अर्कै कारण दिएकी थिइन् । त्यतिबेला आयुष्मान जोशी र आफू दुवै जना काममा व्यस्त भएकाले त्यतिञ्जेलसम्ममा काम सक्ने र घरजम गर्ने बताएकी थिइन् । अहिले चाहिँ आफन्तको समय मिलेन रे विवाहको मिति सरिरहँदा कतै आयुष्मानसँगै प्रियंकाको मन मिल्न छाडेको त हैन ? किनकि, नेपालीमा उखान छ, ‘रात रहे अग्राख पलाउँछ ।’

भक्तपुर नगरको खर्च पाँच महिनामा १८ प्रतिशत मात्रै

भक्तपुर : भक्तपुर नगरपालिकाको खर्च गर्ने क्षमता कमजोर देखिएको छ । उसले चालू आर्थिक वर्षको पाँच महिनामा विनियोजित बजेटको जम्मा १८ प्रतिशतमात्रै खर्च गर्न सकेको हो । भक्तपुर देशभरका स्थानीय तहमध्ये एउटै पार्टीले सतप्रतिशत नतिजा निकालेको एकमात्रै नगरपालिका हो । यहाँ नेपाल मजदुर किसान पार्टीको एकमनाको स्थानीय सरकार छ ।

भक्तपुर नपाले आर्थिक वर्ष २०७६÷७७ को लागि पाँचौं नगरसभाले २ अर्ब १३ करोड १० लाखको बजेट पारित गरेको थियो । तर चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म जम्मा ३८ करोड ५४ लाख रुपैयाँ अर्थात १८ प्रतिशतमात्रै खर्च गरेको हो । जसमा चालूतर्फ ३० करोड २४ लाख र पूँजीगततर्फ ८ करोड ३० लाख रुपैयाँमात्रै खर्च भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले नगरसभाबाट पारित बजेटको सीमाभित्र रहेर काम गर्दा पाँच महिनाको अवधिमा १८ प्रतिशतमात्रै खर्च भएको जानकारी दिए ।

उनका अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको मंसिरसम्ममा नपाको आन्तरिक आयमा समेत कमी आएको छ । चालू आवको मंसिर मसान्तसम्ममा १७ करोड ४१ लाख २९ हजार ८०७ रुपैयाँ आन्तरिक आय भएको उनको भनाइ छ । जब गएको वर्षको सोही अवधिमा १७ करोड ५४ लाख ४९ हजार ५१३ रुपैयाँ आन्तरिक राजस्व संकलन भएको थियो ।

भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरुको संख्यामा कमी आएकाले नपाको आन्तरिक आम्दानीमा कमी आएको प्रमुख प्रजापतिले स्पष्ट पारे । ‘चालू आवमा पर्यटन शुल्कमै २० लाख ७१ हजार २८५ रुपैयाँले कमी आयो, उनले भने, ‘गैरपर्यटन राजस्वमा भने ७ लाख ५१ हजार ५७९ रुपैयाँ वृद्धि भएको छ ।’

उनका अनुसार आर्थिक वर्ष २०७५÷७६ साउनदेखि मंसिरसम्म कूल १ लाख १५ हजार १४५ जना विदेशी पर्यटकहरूले भक्तपुर नगर अवलोकन गरेका थिए । यस वर्ष सोही अवधिमा १ लाख १४ हजार १४० जना पर्यटक मात्रै भक्तपुर पुगेका छन् । गत वर्षको तुलनामा चालू वर्षको मंसिरसम्म १ हजार ५ जना पर्यटक भक्तपुर पुगेनन् ।

सम्पदा संरक्षणमा अब्बल

समग्र आर्थिक क्षमताका कमजोर देखिएको भक्तपुर नगरपालिका सम्पदा संरक्षणमा भने अब्बल देखिएको छ । २०७२ साल बैशाख १२ गतेको महाभूकम्प र त्यसपछिको पराकम्पले क्षति पुर्‍याएका ११५ भन्दा बढी सम्पदामध्ये ९१ वटाको पुनर्निर्माण सम्पन्न भएको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

उनका अनुसार डेढ दर्जनभन्दा बढी सम्पदाको पुनर्निर्माण भइरहेको छ । भक्तपुर नपाले दरबार क्षेत्रस्थित वत्सला मन्दिरको पुनर्निर्माण गरिरहेको छ । टौमढी क्षेत्रस्थित भैरवनाथको मन्दिरको पुनर्निर्माण सम्पन्न गरिसकेको छ । यसै वर्ष पाँचतले मन्दिरको पुनर्निर्माण सुरु गरेको छ ।

भूकम्पले उक्त मन्दिरको माथिल्लो तलामा क्षति पुर्‍याएको थियो । त्यस्तै भक्तपुर नपा १ स्थित भाज्या पुखु (भाजु पोखारी) र न्हुगु पुख (रानी पोखरी) को जीर्णोद्धार भइरहेको छ । नगरपालिकाले उपभोक्ता समितिमार्फत यी पोखरीहरुको जीर्णोद्धार गर्दै आएको हो ।

भूकम्पले क्षति पुर्‍याएको दरबार क्षेत्रस्थित नगरपालिका भवन रहेको थन्थु दरबार र राष्ट्रिय कला संग्रहालय रहेको न्ह्यकं झ्या (सिंहध्वाका) दरबार पुनर्निर्माणको चरणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *