कमलाको जन्मदिनमा अमृतले लेखे मनछुने स्टाटस् ( पढ्नुहोस्)

काठमाडौं / भाईरल बालिका गायिका कमला घिमिरेको आज जन्म दिन परेको छ। आज अर्थात पुषको ३ गते कमला ११ वर्ष पार गरेर १२ बर्षमा लागेकी छिन।

कमला मिडियामा भाईरल भए संगै उनको स्वर र उनको कलालाई सबैले मन पराएका छन भने देश तथा बिदेशमा कमला घिमिरेको माग बढ्दो रहेको छ। कमला घिमिरेको सानै उमेरमा दोहोरी फर्काउने कला र स्वरको सबैले मन पराएका छन।

त्यस्तै यस अघिनै चर्चित कलाकार संग दोहरी गाई सकेकी कमला घिमिरेको स्वरमा रहेको र अभिनय रहेको ३ वटा गीत बजारमा आएर पनि अत्याधिक चर्चा कमाइ सकेका छन। पहिलो गीता चिया छानेकोले १ करोड भन्दा धेरै पटक हेरीई सकिएको छ भने अन्य गीतले पनि राम्रै स्थान पाएका छन।

कमलाको जन्म दिनमा कमला सलाई यहाँ सम्म लेराउना सहयोग गर्ने अमृत सापकोटा र कमलाको पछिल्लो समय सम्बन्ध बिग्रिएको भनीए पनि अमृतले लामो स्टाटस लेखेर कमलालाई जन्मदिनको शुभकामना दिएका छन। हेर्नुहोस अमृत सापकोटाको स्टाटस।

Happy birthday बैनी कमला

तिम्रो यो व्यबहार को के जबाब दिउ,तो तिम्रो निडरताको के जबाब दिउ तिमी जस्ती प्यारी बैनिला के उपहार दिउ, कुनै राम्रो फूल भएको भए माली सँग माङ्थे, तर जुन आफै फूल छ उसलाई फूल के दिउ…

आज धेरै खुसिको दिन बैनि कमला तिम्रो प्रगति देखेर आकाशको जुन ताराहरु पनि रमाइरहेका छन होला सधै यसरी नै प्रगति गर्नु, राम्रो मान्छे बन्नु धेरै पढ्नु, कसै सङ्ग पनि न रिसाउनु, सबैलाइ सम्मान गरेर बोल्नु देशले तिमी जस्तो लोक दोहोरी बाल गाइका पाएको छ यस्लाइ अझ उच्च पार्दै जानू, जन्म दिनको धेरै धेरै शुभकामना अनि आशिर्वाद र मीठो माया छ बैनी कमला तिमिलाइ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *