राजा वीरेन्द्रको निवास र उनले प्रयोग गरेका सवारीसाधन पनि हेर्न पाइने

राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन् ।

यसअघि सो सङ्ग्रहालयमा ती सामग्री प्रदर्शनमा राखिएका थिएनन् । पुरातत्व विभाग, राष्ट्रिय सङ्ग्रहालय छाउनी र मोरङ उर्लाबारीस्थित मदन भण्डारी सङ्ग्रहालयको लामो अनुभव सँगालेका कार्यकारी निर्देशक दाहालले उक्त सङ्ग्रहालयको राम्रो व्यवस्थापनसहित राजा वीरेन्द्रका निजी प्रयोजनका सवारीसाधन, कार, हवाइजहाजलगायत निजी निवास श्रीसदन पनि प्रदर्शनीमा राख्ने योजना सुनाए ।

राजपरिवारको ह त्यापछि बन्द अवस्थामा रहेको सो दरबारलाई सङ्ग्रहालयमा परिणत गरी २०६५ सालदेखि सर्वसधारणका लागि खुला गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

आफुलाई राजपाले धोका दिएपछि बाबुराम भट्टराईको कडा टिप्पणी, राजपा नेकपाको जुठोपुरो खान गयो

काठमाडौं, ३ पुष । आफुहरुसंग वार्ता र सम्बादमा हरेको राजपाले एकाएक नेकपासंग चुनावी तालमेल गरेपछि समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् । आफ्नो पार्टीसंग बार्ताका रहेकै अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)संग राष्ट्रिय जनता पार्टी (राजपा) बीच सहमति भएपछि उनले कडा टिप्पणी गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष भट्टराईले कुनै पार्टीको नाम नलिइकन नेकपालाई मालिक र राजपालाई दासको संकेत दिएका छन्। उनले दासहरुले मालिकलाई रिझाएर जुठोपुरो चाट्ने प्रवृत्तिले दासहरुको मुक्ति नहुने तर्क राखेका छन् ।

राजपा र समाजवादी पार्टी बीच एकताको प्रक्रिया चलिरहेकै समयमा सत्ता गठबन्धनमा रहेको समकाजवादी पार्टी नेकपासंग निर्वाचनका लागि तालमेलमा गएको हो । राष्ट्रिय सभा निर्वाचनमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने र नेकपाका उम्मेदवारलाई राजपाले सहयोग गर्ने सहमति भएको छ । प्रदेश २ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि राजपासंग यस्तो सहमति भएको हो । प्रदेश २ मा चार सिटमा निर्वाचन हुँदैछ ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले नेकपाका नेताहरुलाई नयाँ मालिकको संज्ञा दिएका छन् । कम्युनिष्टका मालिकहरु फुटाउ र राज गरको नीतिमा खप्पिस रहेको बताउँदै नयाँ मालिकहरु झनै धूर्त रहेको प्रतिक्रिया दिएका छन्।

‘उनले लेखेका छन् जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभ–दृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूको पूर्ण मुक्ति हुन्न’, उनले ट्विटरमा लेखेका छन्, ‘फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पिस छन्। अहिलेका नया मालिकहरू झन धूर्त छन्। खाँचो छ नयाँ स्पार्टाकसको। सबैलाई चेतना भया।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *