मुम्बई बस्दै आएकी निरुताले इन्डियन आइडलको सेटमा पुगिन !

काठमाडौँ । एक समयकी चर्चित नेपाली नायिका निरुता सिंह भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’मा पुगेकी छिन् । उनले आफू इन्डियन आइडलमा गएको कुरा इन्डियन आइडलको सेटमा खिचेकी तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै सार्वजनिक गरेकी हुन् ।

उनले उक्त फोटो तथा भिडियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा शेयर गर्दै लेखेकी छिन् । “इन्डियन आइडलको सेटमा राम्रो समय बिताए । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद ”

हाल मुम्बई बस्दै आएकी निरुताले इन्डियन आइडलको सेटमा एक नेपाली नायिकाको हैसियतले पुगेकी हुन् । नायिका निरुताद्वारा अभिनित दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाई, रहर, सिउँदोको सिन्दुर, चाँदनी जस्ता चलचित्र निकै हिट रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *