विश्व चर्चित गायक बब मार्लीका ६ उत्कृष्ट भनाइ

विश्वचर्चित गायक बब मार्ली उत्तर र दक्षिण अमेरिकी महादेशबीचको टापु वेष्ट इन्डिज समुद्रको बीचमा पर्ने जमाइकाको राजधानी किङ्गस्टनमा जन्मेका हुन् ।बब आफू काला जाति भएकै कारण काला जातिले चलाएको मुक्ति संग्राममा सक्रिय सहभागिता जनाउँदै मुक्तिसंग्रामका अनुभूति नजिकबाट भोग्ने मौका पाए ।

उनले सानैदेखि जातीय उत्पीडनविरुद्ध गीत गाउन थाले । उनको औपचारिक गायनयात्रा भने जिम्बाबेका जनताले चलाएको मुक्तियुद्धको पक्षमा गीत गाएपछि सुरु भएको हो ।

उनले गाएका विश्वचर्चित गीतमध्ये ‘बफेलो सोल्जर्स’, ‘नो वुमन एण्ड मेन क्राय’ आदि हुन् भने उनले ‘भोले बम बम’ भन्ने हिन्दू भजन समेत गाएका थिए । विश्वमा उनका धेरै फलोअरहरु रहेका छन् ।
उनै बब मार्लीको प्रेरणादायी भनाइहरु हामीले यहाँ प्रश्तुत गरेका छौं

१. आँखा खोल र आफैलाई हेर त, के तिमीले बाँचिरहेको जीवनप्रति तिमी सन्तुष्ट छौ ?

२. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।

३. संगितको बारेमा एउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ तब केही पीडा हुदैन ।

४. एउटा ढोका बन्द हुँदा के तिमीलाई थाहा छ दोस्रो खुलेको हुन्छ ।

५. थोरै मानिसले मात्र वर्षातको अनुभूत गर्दछन् बाँकी रुझ्दछन् ।

६. आफ्नो इतिहास नबिर्स, न त भाग्य नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *