पूर्वबालसैनिक भन्छन्, ‘हामीले गणतन्त्र प्रचण्डका लागि ल्याएछौँ’

बीबीसी – नेपालमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्वका बेला माओवादीले प्रयोग गरेका बालसैनिकहरूले विगतमा भएका सहमतिको राज्य तथा तत्कालीन विद्रोही पक्षले बेवास्ता गरेको आरोप लगाउने गरेका छन्। संयुक्त राष्ट्रसङ्घले अयोग्य ठहर गरेका ४,००० भन्दा बढी तत्कालीन माओवादी लडाकुमध्ये २,९७३ जना उमेर नपुगेका कारण बहिर्गमनमा परेका थिए।

शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकारबाट वञ्चित हुँदै हतियार बोकेका ती बालसैनिकहरू अहिले आफूहरू आफ्नै नेतृत्वबाट उपेक्षित भएको गुनासो गर्छन्। उनीहरू बाल्यकाल अब फर्केर नआउने भएकाले आफूहरूले राज्यबाट सहयोग पाउनुपर्ने बताउँछन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

https://www.bbc.com/terms

पूर्वलडाकुको ब’न्दुकदेखि सुईसम्मको यात्रा

पहिला ब’न्दुक बोकेका उनका हातले अहिले बिरामीको उपचार गर्छन्। परिवर्तनका लागि भन्दै सशस्त्र द्व’न्द्वमा सहभागी भएकी र अरूलाई गो’ली हा’न्न पनि पछि नपरेकी उनी अहिले सुई र औ’षधिका ट्याब्लेटलाई नियमित ह’तिया’र बनाउँदैछिन्।

मोरङमा जन्मिएकी ३४ वर्षीया मेनुका दाहाल अहिले झापाको बुद्धशान्ति गाउँपालिकास्थित शान्तिनगर स्वास्थ्य चौकीकी प्रमुख छिन्। तर यो भूमिका र स्थानसम्म आइपुग्न उनले जीवनमा धेरै सङ्घर्ष र आफैँसँग अन्तर्सङ्घर्ष गर्नुपर्‍यो।

उनी भन्छिन्, “विगत सम्झँदा दुःख लाग्छ।” उन्नाइस वर्षको उमेरमा ‘क्रान्ति’ र ‘जनमुक्ति’ का कुराले उनलाई लट्ठ्यायो। त्यतिखेर देशमा सशस्त्र द्व’न्द्व चल्दै थियो र उनी माओवादी बनिन्। एक वर्षमै ब’न्दुक बोकेर २०६१ सालदेखि उनी माओवादी लडाकुका रूपमा विभिन्न स्थानमा आ’क्र’मण गर्न गइन्। र’क्त’पा’त र मृ त्यु नजिकैबाट देखिन्।

समयले कोल्टे फेर्‍यो, शान्तिसम्झौता भयो। क्यान्टोन्मेन्टमा हुँदा प्लाटुन कमान्डर बनेकी मेनुकाको सहकर्मी प्रकाश अधिकारीसँग सैनिक पोसाकमै बिहे भयो। तर परिवर्तनको मोहमा पढाइ छोडेकी मेनुका दाहालको आफ्नै जीवनमा परिवर्तन आवश्यक भयो। उनले स्वेच्छिक अवकाश लिइन्।

त्यसपछि सुरु भयो उनको जीवनमा नयाँ सङ्घर्ष। भविष्यको चिन्ताले राम्रो सीपको आवश्यकता महसुस भयो। उनी स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) को प्राविधिक शिक्षा लिन थालिन्। छोरी जन्मेको १२ दिनमै पहिलो वर्षको परीक्षा दिनुपर्‍यो। र’क्त’स्रा’व हुँदा पनि उनले हिम्मत हारिनन्।

“अरूलाई परीक्षा कसरी पास गर्ने भन्ने चिन्ता हुन्थ्यो। मलाई चाहिँ सुत्केरी भएपछि परीक्षा भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो।” तेस्रो वर्षको परीक्षामा उत्तीर्ण भएपछि उनले प्राविधिक खरदारको पदका लागि लोकसेवा आयोगको परीक्षा दिन तयारी थालिन्।

यता घरपरिवार र सानी छोरी, उता भविष्यको चिन्ता। मेनुका भन्छिन्, “त्यो बेला मलाई एकदमै गाह्रो भयो। सानो छोरी थिइन्।” लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण हुन त्यति सजिलो मानिँदैन। तर उनले नाम निकालिन्।

धनकुटामा खटिएको नौ महिनामै एक तह माथि प्राविधिक सुब्बाको परीक्षाको तयारी थालेको उनी बताउँछिन्। त्यसमा पनि उनी उत्तीर्ण भइन्। सरकारले उनलाई सोलुखुम्बु पठायो। सोही पदमा सरुवा भएर हाल उनी झापामा कार्यरत छिन्। आफ्ना दिदीबहिनी र श्रीमान्‌को सहयोगविना यो अवस्थामा आइपुग्न असम्भव थियो भन्ने उनलाई लाग्छ द्व’न्द्वकालमा ब’न्दुक बोकेर लड्न गएको अनुभव सुनाउँदै उनले भनिन्, “यिनै हात हुन् ब’न्दुक बोक्ने पनि।”

के कुराले उनलाई स्वास्थ्य सेवामा तान्यो त?

झापाको सुरुङ्गा तथा इलाका प्रहरी कार्यालय अनारमनीमा आ’क्रम’ण गर्दा घाइते भएका माओवादी लडाकुहरूलाई बचाएको उनले सुनाइन्। त्यही अनुभव र सम्झना जीवनको त्यो मोडमा निर्णायक भइदिए। उनी भन्छिन्, “घाइते साथीहरूको सेवा गर्ने मौका पाएकोले स्वास्थ्य क्षेत्रमै जाने इच्छा जागेर आयो। त्यसपछि स्वास्थ्य क्षेत्रको प्राविधिक शिक्षा लिन सुरु गरेँ।”

व्यावहारिक र व्यावसायिक अनुभव बटुल्दै गर्दा पढाइका बारेमा भने उनमा केही पछुतो छ कि भन्ने सङ्केत भेटिन्छ। उनी भन्छिन्, “त्यतिबेला नियमित कलेज गएको भए, आज म यो भन्दा माथि उठ्थेँ होला…।” पहिला र अहिलेको उनको जीवनमा कस्तो भिन्नता छ त उनी भन्छिन्, “पहिला म एउटा राजनीतिक दलकी सैनिक थिएँ, अहिले म जनताकी सेविका भएकी छु। फरक त्यत्ति हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *