आजको मौसमबारे आयो यस्तो डरलाग्दो चेतावनी, सावधान रहन विज्ञको अपिल

काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यका लगायत देशभर नै जाडो अचानक बढेको छ । यो सँगै मौसमविद्हरुले सावधान रहन अपिल पनि गर्दै आएका छन् । तराइका जिल्लाहरुमा हुस्सु र शीतलहर सुरु भएको छ । यता पहाडी र हिमाली जिल्लाहरुमा भारी हिमपात पनि देख्न सकिन्छ । यो समयमा विशेष रुपमा बच्चाहरु अनी वृद्धवृद्धाहरु धेरै प्रभावित हुने भएको हुँदा विशेष ध्यान राख्न अनुरोध गरिन्छ । जाडोबाट बच्नको लागि न्यायो लगाउने, खाने अनी समुहमा मिलेर बस्ने गर्नुपर्छ । थप मौसमबारे तल हेर्नुहोस्

मौसम विश्लेषण) Meteorological Analysis):- हाल नेपालको पश्चिमी भुभागमा पश्चिमि वायूको प्रभाव देखिएको छ। मौसमको अवस्था)Present Weather Status): हाल मध्य तथा पुर्वी तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। पश्चिमी भुभाग लगायत पहाडि भु-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान पौष ४ गते (शुक्रबार) दिउँसो: देशको पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पौष ५ गते (शनिवार) दिउँसो: देशको पश्चिमि भू-भागमा सामान्य वदली र मध्य तथा पूर्वी भू-भागमा आंशिक वदली रहनेछ। पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राती: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

पौष ६ गते (आइतवार) दिउँसो: : देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ। राती: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- राती पश्चिम भेगका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात हुन सक्ने साथै पुर्वी र मध्य तराईका केहि स्थानमा हुस्सु/कुहिरो देखिएकोले ति स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बद्ने देखिन्छ। तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *