राजधानीमा भयानक तरिकाले बढ्यो चोरी, एकै रातमा ११ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले एकान्त स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा कीर्तिपुरका मदन तामाङ, चितवनका सोम सुनार र सन्दीप गुरुङ, मकवानपुरका सन्तोष गोले, नवलपरासीका भरत थापा, चन्द्रागिरिका रिन्जेन मोक्तान, काभ्रेपलाञ्चोकका इन्द्रबहादुर तामाङ र गणेश लामा, सिन्धुलीका विक्रम भुजेल, बर्दियाका राजु पौडेललगायत छन् । चोरी मुद्दा दर्ता गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

देशभरका होटल व्यवसायी सुर्खेतमा के गर्दैछन ?
आजदेखि शुरु हुने होटल व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशन लागि मुलुकभरका होटल व्यवसायी वीरेन्द्रनगरमा भेला भएका छन् । महाधिवेशनका लागि नेपालभरका ८० हजार होटलको प्रतिनिधित्व गर्दै सात वटै प्रदेशका व्यवसायी सुर्खेत आएका हुन् ।

महासङ्घले दुई दिने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गर्नुहुने कार्यक्रम छ । होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष अमृत भुजेलले महाधिवेशनमा सातै प्रदेशबाट एक हजार ५०० भन्दा बढी होटल व्यवसायीको सहभागिता रहने बताउनुभयो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

अध्यक्ष भुजेलले महाधिवेशन प्रतिनिधिलाई कर्णालीको अर्गानिक खानाको व्यवस्था मिलाइएको बताउनुभयो । “कर्णाली प्रदेश सरकारले अर्गानिक उत्पादनलाई जोड दिएको छ, यस्तो सकारात्मक अभियानको सार्थकताका लागि हामी निजी क्षेत्रको पनि सहयोग हुनुपर्छ”, उहाँले भन्नुभयो, “कोशेलीका रुपमा स्थानीय उत्पादनलाई नै प्रयोग गर्दैछौँ ।”महासङ्घ सुर्खेतका पूर्वअध्यक्ष तर्कबहादुर शाहीले कर्णालीको पर्यटन प्रवद्र्धनमा महाधिवेशनले ठूलो टेवा पु¥याउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *