११ वर्षीया बालिकासँग जुत्ता थिएन, खुट्टामा ब्यान्डेज बाँधेर दौडिइन् जितिन् तीन स्वर्ण पदक

एजेन्सी । मनमा आँट र साहस भए जस्तो सुकै चुनौतीको पनि सामना गर्न सकिन्छ भन्ने कुराको उदाहरण एक ११ वर्षकी बालिकाले प्रमाणीत गरेर देखाएकी छन् । फिलिपिन्सकी ११ वर्षकी बालिकाले यस्तो साहस देखाइन् जसले विश्वलाई चकित बनाएको छ । फिलिपिन्सकी ११ वर्षकी बालिका यस्तो अभावमा थिइन् की उनीसंग एक जोर जुत्ता लगाउने अवस्था पनि थिएन । उनको अभिभावकले एक जोर जुत्ता पनि किनिदिन नसकेपनि उनको एथलिटमा लाग्ने आँट भने छोडिनन् । त्यो आँटले अहिले विश्वमा चर्चा पाएको छ । अहिले उनको साहसको सोसल मिडियामा भाइरल भएको छ ।

परिवारका सदस्यले जुत्ता किनिदिन नसकेपछि उनले खुट्टामा ब्यान्डेज बाँधेर प्रतिस्पर्धा गरिन् । उनले एउटा मात्र होइन तीन वटा स्वर्ण पदक जितेर विश्वलाई चकित बनाएकी छन् । वास्तवमा, इलोइलो प्रान्तको स्थानीय स्कूलमा आयोजना गरेको अन्तर विद्यालय एथलिट्स मिटको आयोजनामा तीनवटा स्वर्णपदक जितेकी हुन् । ११ वर्षकी रिया बुलोसले जुत्ता नलगाइकनै स्कूलको ४ सय मिटर, ८ सय मिटर र १५ सय मिटरको दौडमा भाग लिएर स्वर्ण पदक जितेकी हुन् ।

रियाको यो सफलतालाई इलोइलो स्पोर्टस् काउन्सिल मीटका कोच प्रेडिरिक बी वेलेनजुएलाले सोसल मिडियामा सेयर गरेका छन् । उनको यो सेयरपछि निकै मानिसले त्यो पोस्टमा प्रतिकृया दिएका छन् । उनले सार्वजनिक गरेको पोस्टमा पनि रियाले जुत्ता लगाएकी छैनन् । उनले जुत्ताको साटो खुट्टामा ब्यान्डेज बाँधिरहेको देख्न सकिन्छ । कोचका अनुसार उनीसँग जुत्ता थिएन । उनले बाँधेको ब्यान्डेजमा नाइकी लेखिएको छ ।

कोच प्रेडिरिक बी वेलेनजुएलाको पोष्ट भाइरल भएपछि सयौं प्रयोगकर्ताले रियाका लागि नयाँ जुत्ता दिने प्रस्ताव सहित उनको सफलतामा बधाई दिएका छन् । एक प्रयोगकर्ताले फोटो सेयर गर्दै बालिकाको मद्दतको लागि नाइकीलाई नै अग्रसर हुन आह्वान गरेका छन् । त्यसपछि एक बास्केटबल स्टोरका मालिकले ट्वीटर प्रयोगकर्तासँग एथलिटको नम्बर मागे र रिया बुलोससम्म मद्दत पुर्‍याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *