बुवा बितेको ६ महिनामै आमा क्यान्सरले थला परेपछि बिचल्लीमा परेका ४ बालबालिकालाई सहयोग आउन थाल्यो

कैलाली ४ पुष । बुवा बितेको ६ महिना नहुँदै आमा पनि क्यान्सरले थला परेपछि अलपत्र परेका चार बालबालिकालाई सहयोग आउन थालेको छ । विचल्ली अवस्थामा रहेका उनीहरुका बारेमा समाचार बाहिरिए पछि सहयोग आउन थालेको हो । कैलालीको घोडाघोडी नगरपालिका ४ सिम्थरी पश्चिमटोलका ३८ बर्षिया जौमती रोकया थला परे पछि उनँको ६ महिनाको दुधेबालक सहित चार सन्तानको विचल्ली भएको खबर पाएपछि घोडाघोडी ग्रामिण बिधुत् शहकारी संस्था सुखडले शुक्रबार नगद सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष भिम बहादुर बडुवालले खबर थाहापाउदा वित्तिकै फोन मार्फत शहकारीले आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । काठमाण्डौमा कामको शिलशिलामा रहेका भएका अध्यक्ष बडुवालले शहकारीका ब्यवस्थापक बिर बहादुर साँउद मार्फत शुक्रबार पिडीत परिवारकै घरमा पुगी सहयोग रकम परिवारलाई हस्तान्तरण गरेका हुन् । वडा नं. ४ का वडा अध्यक्ष टेक बहादुर बुढाको रोहवरमा उक्त रकम जौमतीका जेठा छोरा १३ बर्षिय लोकराज रोकयालाई हस्तान्तरण गरिएको हो । क्यान्सर पिडित रोकया ७ महिना देखि उपचारको अभावमा घरमै थला परेकी छन् ।

आर्थिक अवस्था कमजोर रहेको उहाँको परिवारमा श्रीमानले भारतमा मजदुरी गरी परिवार पाल्दै आएका थिए । गत साउनमा रोजगारीकै क्रममा भारतमा उनको निधन भएपछि घरको आम्दानीको स्रोत पनि बन्द भएको छ । ३ कट्ठा ऐलानी जग्गा र सानो खरको झुपडी बाहेक सम्पति नरहेको जौमतीका १३, ६, ४ बर्ष र ६ महिनाका तिन छोरा र एक छोरी रहेका छन् । जौमतीले एक हप्ता देखी खान पनि छोडेकी छन् । उनको अवस्था नाजुक हुँदै गएको छ ।

पुसको चिसोमा भुँईमा परालमाथि उनी पातलो कम्बलको साहारामा पल्टीरहेकी छन् । आमा थला परेपछि घरको कामकाज देखि भाई बहिनी र आमाको रेखदेख समेत जेठा छोरा लोकराज रोकयाले गर्ने गरेकाछन् । विहान बेलुका दुई छाक खान पनि समस्या भएपछि बालबालिकाको बिचल्ली भएको थियो । उनीहरुलाई सहयोगका लागि एसओएस बालग्रामले पहल गरेको पनि जानकारी आएको छ । बालग्रामले बालबालिकाको अवस्था बुझेर उद्दारको पहल गर्ने बताइएको छ । यस्तो जाडोमा बालबालिकाको बिचल्ली देखेर जौमतीको देवरानीले बालबालिकालाई विहान बेलुका खाना खान दिने र स्याहार गर्ने गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *