अफगानिस्तानमा ६.८ म्याग्नेच्युडको भूकम्प, दिल्लीसम्म धक्का

शुक्रबार साँझ अफगानिस्तानको हिन्दुकुश पर्वतमा केन्द्र बनाएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको छ भूकम्पको धक्का पाकिस्तान र भारतको राजधानी नयाँदिल्लीसम्म महशुस गरिएको छ।भूकम्पले के कति क्षति भएको छ त्यसबारे भने विस्तृत विवरण आइसकेको छैन।

रुसले बनायो सँसारकै खतरनाक पनडुब्बी

रुसले आफ्नो सिमा सुरक्षा, हवाई सेना र जल सेनाको निर्माणमा अत्याधिक रकम हरेक वर्ष छुट्याउने गर्दछ । अहिले रुसले सँसारलाई आश्चर्यमा पार्ने खालको पनडुब्बी निर्माण गरेको छ ।

पनडुब्बी जहाजको नाम यासेन रहेको छ । यासेनकोे चौथो पिढीका निर्माण सन् १९७० मा सुरु भएको थियो । त्यस पनडुब्बीको सम्पूर्ण कार्य सन् १९९० मा तया भइ सकेको थियो । पनडुब्बीमा आधुनिक प्रकारको सामाग्रीहरु लडाईको लागि निर्माण गरिएको छ । यसलाई रुसी सैन्यको मेरुडण्ड भनिएको छ ।

पनडुब्बीलाई तरल धातु र टाइटेनियमले बनाइएको छ । पनडुब्बी करिब सय दिन सम्म समुन्द्र मुनि रहन सक्ने गरी निर्माण गरिएको छ । करिब ९० जना चालक दल सदस्यहरु बोक्ने क्षमता रहेको छ । करिब सय किलोमिटरको दूरी सम्मको लक्ष्यलाई पत्ता लगाउन र निशाना बनाउन सक्ने क्षमता राखेको छ ।

पनडुब्बीमा सैनिकलाई चाहिने सम्पूर्ण व्यवस्था राखिएको छ । थप्रै किसिमको लाडाकु मिसाइलहरु बोक्न सक्ने क्षमता राखेको छ । समून्द्रभित्र लडाई गर्न क्षमता राख्छ । यसको लडाकु क्षमताका कारण सुपर सोनिक पनडुब्बी जहाज भनिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *