नागरिकता संशोधन कानुन बारे राजनीकान्त भन्छन्, ‘हिंसा नै समस्याको समाधान होइन’

मुम्बई : अहिले नागरिकता संशोधन सम्बन्धी कानुनलाई लिएर भारतमा चर्को विरोध भइरहेको छ। यस विषयमा बलिउड कलाकारहरुले पनि निकै चासो देखाएका छन्। नागरिकता संशोधन कानुनलाई समर्थन गर्दा कतिपय कलाकारहरुले आलोचना समेत खेपिरहेका छन्।

यसैक्रममा साउथ इन्डियन सुपरस्टार रजनीकान्त पनि नागरिकता संशोधनको बारेमा बोलेका छन्। उनले भारतमा नागरिकता संशोधन कानुनको लागि भइरहेको हिंसालाई लिएर ट्विटरमार्फत आफ्नो धारणा राखेका हुन्।

उनले तमिल भाषामा लेखेका छन्, ‘भारतीय नागरिकहरु अब एकजुट हुनुपर्छ। साथै उनीहरुलाई देशको सुरक्षा र हितको बारेमा पनि जागरुक हुन जरुरी छ। मलाई यसरी हिंसा गरेको देख्दा नरमाइलो लाग्छ। हिंसा नै समस्याको साधान होइन। तर नागरिकता संशोधनमा मेरो कुनै समर्थन वा विरोध भने छैन।’

https://twitter.com/rajinikanth/status/1207703585456189440/photo/1

राजनीकान्तको ट्वीटबाट उनी नागरिकता संशोधन कानुनको समर्थन वा विरोधमा छन् त्यो भने प्रष्ट छैन यसअघि बलिउड अभिनेता सुशान्त सिंह राजपुत पनि नागरिकता संशोधन कानुनको विरोध गर्दा सावधान इन्डिया नामक टेलिभिजन शोबाट बाहिरिनु परेको थियो। उनले नागरिकता कानुन विरुद्ध प्रदर्शनमा भाग लिँदै दिल्लीको जामिया मिलिया इस्लामियामा भएको पुलिसको हिंसाको निन्दा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *