अस्पतालको बेडमा थलिएकी श्रीमतीको स्याहारमा जुटेका बसन्तलाई त्यसबेला असाह्यै पी डा हुन्छ, जब श्रीमतीले ‘मलाई मा रि दिनुस्’ भन्छिन् (भिडियो हेर्नुस्)

काठमाडौं । ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर बेडमा चेली तामाङ एकोहोरो टोलाइरहेकी छिन् । छेउमै अडेस लागेका छन् उनका श्रीमान बसन्त कुमार ठाकुरी। चेली हलचल गर्न सक्दिनन् । बसन्तलाई त्यसबेला असाह्यै पी डा हुन्छ, जब श्रीमतीले ‘मलाई मा रि दिनुस्’ भन्छिन् । उनी आफैलाई प्रश्न गर्छन् ,’म मेरै श्रीमतीलाई कसरी मा र्न सक्छु ?

काभ्रे भकुण्डेबेसीका बसन्त र सिन्धुपाल्चोक मुडेकी चेलीको भेट १५ वर्षअघि काठमाडौंमै भएको थियो । त्यतिबेला बसन्त लोकन्थलीमा मार्केटिङ कम्पनीको गाडी चलाउँथे, चेली जडिबुटीमा दाइको होटलमा खाना पकाउँथिन् । होटलमा जाँदाआउँदा भएको चिनजान प्रेममा बदलियो । त्यसको दुई वर्षमा बिहे गरे । उनीहरुको बिहे घर परिवारलाई चित्त बुझेन ।

परिवारले नस्वीकारे पनि उनीहरुले आफ्नो संसार बसाईसकेका थिए । आठ वर्षकी छोरी समेत छन् उनीहरुको । सानो घर बनाउने र छोरीको भविष्य पनि उज्जवल बनाउने सपना बोकेर विदेशीएका बशन्तको सबै सपना चक नाचुर भयो । चेलीलाई मोटरसाइकलले ठ क्कर दिएर घाइते बनाए पछि उनी विदेशवाट फर्केर आए । अहिले भएको सम्पत्ती पनि सकियो ।

२०७३ साल चैत २५ गते मलेसियाबाट फर्केका उनी सिकै नर्भिक अस्पतालमा अ चेत अवस्थामा रहेकी श्रीमतीलाई भेट्न पुगे । नर्भिक अस्पतालमा ४५ दिनको उपचारपछि चेलीलाई ट्रमा सेन्टरमा ल्याइएको थियो । ट्रमामा ६ महिना आईसीयुमा राखेपछि ५१४ नम्बर बेडमा सारिएको हो ।

उनको उपचारमा संलग्न डाक्टरले ‘मेरुदण्डको दुईवटा नशा च्या पिएको छ’ भनेको बसन्तले बुझेका छन् । श्रीमती चेलीको उपचारमा बसन्तले कुनै कसर छाडेका छैनन् । तर, एकातिर स्वास्थ्यमा सुधार भएको छैन भने अर्कोतिर आर्थिक अभावले पनि थि च्दै लगेको छ ।

उपसभामुखको राजीनामा गराउँदै नेकपा

प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को संसदीय दलको बैठकमा उपसभामुख डा।शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरिएको छ ।

संघीय संसद ९प्रतिनिधिसभा र राष्ट्रियसभा० को पाँचौ अधिवेशन शुरु हनुअघि आज नयाँ बानेश्वरस्थित संसद् भवनमा सम्पन्न नेकपाको संसदीय दलको बैठकमा दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले उपसभामुख तुम्बाहाङफे राजीनामा दिनुपर्ने र संविधानअनुसार सभामुख र उपसभामुखमध्ये फरक–फरक लिङ्ग र दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गरेका थिए ।

आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र र शोक प्रस्तावबोहक अन्य कार्यसूचीमा प्रवेश नगर्नुले यही पुस ११ गतेका लागि तोकिएको दास्रो बैठकमा सभामुख निर्वाचनको मिति तोकिने देखिएको छ । सभामुख निर्वाचनको मिति तोकिएर उम्मेदवारको मनोनयन हुनुपूर्व उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन पार्टीले निर्देशन दिने स्थिति हुन सक्ने नेकपाका सांसद् शेरबहादुर तामाङले बताए । सभामुखको निर्वाचन हुने बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने र सभामुख चयनपछि उपसभामुखको निर्वाचनको कार्यसूची आउनेछ ।

सांसद् तामाङले भने उपसभामुख तुम्बाहाङफे पदमा निर्वाचित भएपछि पार्टीको सदस्य नरहेकाले सभामुख र उपसभामुखमा फरक–फरक दलको कुरा उनको हकमा लागू नहुने तर्क गरे । संसद् बैठकबाट बाहिरिनुभएका उपनेता नेम्वाङलाई सभामुख पदमा पुनः तपाईँको सम्भावना हो भन्ने प्रश्नमा उनले हाँस्दै ठट्यौली शैलीमा भनिन्, ‘पत्रकारले सबै बनाइसके, त्यसमा मैले हस्ताक्षर गर्ने त होला नि ’ उपसभामुख तुम्बाहाङफेले आफ्नो अनुभव र क्षमताका आधारमा रिक्त सभामुखमा दावी रहने जनाउँदै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *