सभामुखमा हाम्रो पार्टीको दाबी छैन– अध्यक्ष भट्टराई

काठमाडौं– समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले सभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको बताएका छन्।शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिर निस्किएर सञ्चारकर्मीसँग बोल्दै उनले सभामुखको पदका लागि आफ्नो पार्टीले दाबी नगरेको बताएका हुन् ।

सुविधाजनक दुई तिहाइको सरकारले चाहेको निर्णय गर्न सक्छ’, उनले भने, ‘सभामुख र उपसभामुखमा हाम्रो दलको कुनै दाबी रहँदैन निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए। महराको राजीनामा सँगै सभामुख पद खाली रहेको छ।

नेकपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक बस्दैछ आज दिउँसो ४ बजेबाट संघीय संसदको हिउँदे अधिवेशन शुरु हुनेभएपछि सत्तारुढ दलको संसदीय दलको बैठक बस्न लागेको हो ।

संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरमा बस्ने संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । बैठकमा नेताहरुले सांसदहरुलाई ब्रिफिङ गर्नेछन् ।

त्यसअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार विहान बालुवाटारमा भेट वार्ता भएको थियो ।
भएपछि अर्काे बैठक बस्नु अघि दलको बैठक बस्ने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *