नेकपा वरिष्ठ नेता नेपाल र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सहयोगका विषयमा छलफल भएको हो ।

भेटमा नेता नेपालले राजदूत पोलिटको कार्यकालमा नेपाल र बेलायतबीचको लामो एवं सुमधुर कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

बेलायती राजदूत पोलिटले नेता नेपालसँग करीब २० वर्ष पहिले आफू शोधकर्ताको रूपमा नेपाल आएको र सुन्दर अन्नपूर्ण पदयात्रा गरेको स्मरण गरेकी थिइन् उनले नेपालको राजनीति, लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा पूर्वप्रधानमन्त्री नेपालको भूमिकाबारे आफूले जानकारी पाएको उल्लेख गर्दै सबैको सहयोगमा नेपाल–बेलायत सम्बन्धमा सक्दो सकारात्मक योगदान दिने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *