प्रचण्डलाई ‘रिप’ लेख्ने पन्तको चितवन प्रहरी प्रमूखमा इन्ट्री

काठमाडौं। नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक डिएसपीहरुको सरुवा गरेको छ। मंगलबार प्रहरी प्रधान कार्यालयले ८ जना एसपी र २१ जना डिएसपीको काज सरुवा गरेको हो। एसपी मल्लको ठाउँमा महिला प्रहरी उपरीक्षक गंगा पन्त आउने भएकी छिन् । एसपी दान बहादुर मल्ल चितवन आएको एक वर्ष पनि भएको छैन ।

प्रधान कार्यालय चितवनको प्रहरी प्रमूख (एसपी) मा दानबहादुर मल्ललाई हटाएर गंगा पन्तलाई पठाएको छ। सरुवामा चितवनको एसपी रहेका दानबहादुर मल्ललाई प्रधान कार्यालय तानिएको छ। तर, मल्लको ठाउँमा प्रहरीले विवादास्पद एसपीलाई पठाएको छ। पन्त तिनै प्रहरी अधिकृत हुन्, जसले नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई सामाजिक सञ्जालमा ‘रिप’ लेखेकी थिइन्।

२०७३ सालमा प्रचण्ड प्रधानमन्त्री थिए। त्यतिबेला डिएसपी रहेकी पन्तले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डलाई ‘रिप’ लेख्दै श्रद्धाञ्जलि दिएकी थिइन्। सामाजिक सञ्जालमा अमितसिंह कार्कीको स्टाटसमा कमेन्ट गर्दै उनले पदीय मर्यादाविपरीतको कमेन्ट गरेकी थिइन्।

उनको कमेन्ट नवराज सिलवाललाई महानिरीक्षक नबनाएर जयबहादुर चन्दलाई बनाएकोप्रति लक्षित थियो। कार्कीको स्टाटसमा तात्कालीन डिएसपी (हाल एसपी) रहेकी गंगा पन्तले ‘रिप’ भन्दै कमेन्ट गरेकी थिइन्। तिनै पन्तलाई अहिले नेपाल प्रहरीले प्रचण्डको गृहजिल्लामा प्रहरी प्रमूख बनाएर पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *