नेपालमा पाइने तर नेपालीले राम्रोसंग नचिनेको यो अमुल्य औषधि, जस्ले महिनावारी गडबडी, क्यान्सर र अन्य यस्ता ठुला रोग निको पार्छ !

नेपाल जडिबुटीको खानी हो । यहाँ हरेक किसिमका रोगका औ षधि पाइन्छ । तर, औषधि चिन्न र प्रयोग विधिबारे भने निकै कमैलाई मात्रै थाहा हुन्छ । नेपालबाट जडिबुटी विदेश निर्यात हुने गरेको छ । नेपाल शहरभन्दा पनि ग्रामिण भेग धेरै भएको मुलुक हो । त्यसपछि वन, कान्लाहरु धेरै छन् । यि क्षेत्रमै धेरै औ षधीय गुण भएका बोटविरुवा, झारपात भेटिन्छ् । यी मध्येको एक हो बहुवर्षीय लहरायुक्त वनस्पति हो ।

यो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । कुरिलोमा काँडासहितको काण्ड र मसिना झुप्पादार पात हुन्छन् । यसका टुसालाई विशेषगरी तरकारीको रूपमा बढी प्रयोग गरिन्छ । जरालाई भने विभिन्न रोगको अचुक औ षधिका रूपमा प्रयोगमा ल्याइन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइन्छन् ।

कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौ’न दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ । कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले से वन गरेमा वी’र्य बढ्छ । कुरिलोको नियमित सेवन महिलाका लागिसमेत फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ ।

उनीहरूमा यौ’न दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागिसमेत कुरिलो उपयोगी हुन्छ । कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ ।

कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ । कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ । कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ ।

कुरिलो : पाँच हजार बर्ष पुरानो औषधि

विश्वभर कुरिलोका ३०० प्रजाति पाइन्छन । तरकारीको रुपमा कुरिलोको व्यावसायिक खेती बढिरहेको छ । अमेरिकामा धेरै कुरिलो उत्पादन हुन्छ भने जापानले कुरिलो धेरै आयात गर्छ । भारत र नेपालमा पाँच हजार वर्ष अघिदेखि आयुर्वेदिक टोनिकमा यसको प्रयोग गरिंदै आएको पाईन्छ । पौष्टिक हुने र सजिलै पचाउन सकिने भएकाले विरामी तथा कमजोर व्यक्तिहरुका लागि यो लाभदायि हुन्छ ।

कुरिलोको कन्द (जरा) को धुलो विभिन्न खाद्य पदार्थ तथा पेयमा मिलाएर खाने चलन छ । आयुर्वेदिक तथा आधुनिक चिकित्सा पद्धतीमा यसको प्रयोग दिनदिनै बढीरहेको छ । गाईवस्तुको दुध वढाउन पनि यसको प्रयोग गरिन्छ । नेपालमा कुरिलोको जरा परम्परागत रुपमै धेरै रोगको औषधिका रुपमा र शक्ति दिने खाद्यका रुपमा खाने गरिएको छ नेपालमा अहिलेसम्म पाईएका ८ प्रजातिका कुरिलो मध्ये पश्चिम नेपालमा पाइने प्रजातिको खेति बढी गरिन्छ ।

नेपालमा समुद्र सतहबाट एक सय ५० मिटर देखि दुई हजार एक सय मिटर सम्म कुरिलो पाईन्छ । सर्लाही, मकवानपुर, दाङ्ग, नेपालगञ्ज, बर्दिया, कैलाली, सल्यान र रुकुममा कुरिलोको खेती नै गरिएको छ ।

कुरिलोको बिउ कार्तिक अन्तिम देखि माघसम्म पाक्छ । बीउ रातो भएर पाकेपछि टिपीहाल्नुपर्छ । चिल्लो, उज्यालो, चम्किलो कालो बिउको उमारशक्ति बढी हुन्छ । यस्तो बीऊ टिपेको २ बर्षसम्म उम्रन्छ । कुरिलो लगाएको दोस्रो वर्षदेखि बीउ फल्न थाल्छ ।

माघ देखि बैशाखसम्म ३ भाग जंगलको मलिलो माटो, १ भाग वालुवा र १ भाग पाकेको गोबर मिलाएर २४ घण्टासम्म चिसोपानीमा भिजाएको बिउ नर्सरीमा रोप्नुपर्छ । पराल वा घाँसले छोपेमा चिस्यान रहने र झार कम आउने हुन्छ ।

तराइमा २ देखि ३ हप्ता पछि र पहाडमा ४ देखि ५ हप्ता पछि बिउ टुसाउन थाल्छ । विरुवा १५ देखि २० सेन्टीमीटरको भएपछि असार साउनमा तयारी जग्गामा सार्नुपर्छ । नर्सरीमा एक बर्ष भएको विरुवा रोप्दा राम्रो हुन्छ टुसा सहितको जरालाई नर्सरीमा सारेर वा सिधै रोप्न पनि सकिन्छ । तर यसो गर्दा भन्दा बिउबाट रोपेको कुरिलो स्वस्थ र गुणस्तरको हुन्छ ।

घाम लाग्ने र गोबर मल हालेको ठाउँमा यो राम्रो हुन्छ । एक हेक्टर जग्गामा ५ टन जति मल हाल्नुपर्छ । साउनमा बिरुवा रोप्दा कम पानी भए पनि सर्छ । एक हेक्टरमा २० हजार देखि २७ हजार सम्म विरुवा रोप्न सकिन्छ ।

कुरिलो रोप्नासाथै पानी लगाउनुपर्छ । जाडोमा महिनाको १ चोटी र गर्मीमा महिनाको २ चोटी पानी हाल्नुपर्छ । माघ फागुनमा मुना टुसाउनु भन्दा पहिला माटो सुकेको बेला गोडमेल र काँटछाँट गरिसक्नुपर्छ । दुबो र सिरुले कुरिलोको जरालाइ छेडेर नोक्सानी गर्ने र मुसा लाग्ने हुनाले यसलाई देख्नासाथै हटाइहाल्नुपर्छ कुरिलोसँगै पहिलो बर्ष मकै खेति र मुला, धनियाँ जस्ता सागसब्जी र मुसुरो, चना जस्ता दाल लगाउन सकिन्छ । अनि कुरिलोको घाँस बाख्रा वा वस्तुलाई खुवाउने र फूल फुलेको बेला मौरी पालन गरेर बढी फाइदा लिन सकिन्छ । माघ फागुनमा गोडमेल गरेर पानी लगाएपछि आउने टुसा निकै राम्रो तरकारी मानिन्छ । यसमा औषधीय गुणका साथै प्रशस्त प्रोटिन, भिटामिन र पौष्टिक तत्व हुन्छ ।

तीन बर्ष पुगेको कुरिलो खन्दा बढी फाइदा हुन्छ । बीउ संकलन गरिसकेपछि पहाडमा पौष माघ र तराइमा माघ फागुनमा खन्नु उपयुक्त हुन्छ । वनबाट कुरिलो संकलन गर्दा फेरि विरुवा आउन सक्ने गरि एकदुईवटा टुसा सहितको जरा छाड्नुपर्छ । खेति गरिएको ठाउँमा भने सबै खनेर फेरि लगाउँदा राम्रो हुन्छ ।

एक झाङ कुरिलोमा ५ देखि १०० वटा सम्म कन्द (जरा) हुन्छन । वनमा भएको एउटा बोटबाट तीन सय ग्राम देखि सात किलोग्राम सम्म काँचो जरा आउँछ भने खेती गरिएको ठाउँमा ५ किलोग्राम देखि १२ किलोग्राम सम्म काँचो जरा निस्कन्छ । खन्नासाथ जरालाई छहारीमा फिंजाएर राख्नुपर्छ । घाममा सुकाउँदा भित्रभित्रै चाउरी परि कालो हुन्छ र बिग्रन्छ ।

तीन बर्ष पुगेको कुरिलो खन्दा बढी फाइदा हुन्छ । बीउ संकलन गरिसकेपछि पहाडमा पौष माघ र तराइमा माघ फागुनमा खन्नु उपयुक्त हुन्छ । वनबाट कुरिलो संकलन गर्दा फेरि विरुवा आउन सक्ने गरि एकदुईवटा टुसा सहितको जरा छाड्नुपर्छ । खेति गरिएको ठाउँमा भने सबै खनेर फेरि लगाउँदा राम्रो हुन्छ ।

एक झाङ कुरिलोमा ५ देखि १०० वटा सम्म कन्द (जरा) हुन्छन । वनमा भएको एउटा बोटबाट तीन सय ग्राम देखि सात किलोग्राम सम्म काँचो जरा आउँछ भने खेती गरिएको ठाउँमा ५ किलोग्राम देखि १२ किलोग्राम सम्म काँचो जरा निस्कन्छ । खन्नासाथ जरालाई छहारीमा फिंजाएर राख्नुपर्छ । घाममा सुकाउँदा भित्रभित्रै चाउरी परि कालो हुन्छ र बिग्रन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *