को हुन मेगा ? जसले पाइन् नेपाल आइडल सिजन–३ मा पहिलो गोल्डेन माइक

काठमाडौं । सिङगिङ रियालिटी सो नेपाल आइडल सिजन–३ मा दुईवटा श्रृंखला सकिँदा एकजना प्रतिस्पर्धीले गोल्डेन माइक पाएका छन् काठमाडौं अडिसनमा अडिसन दिन आएकी काठमाडौं बसुन्धराकी मेघा श्रेष्ठले गोल्डेन माइक पाएकी हुन् ।

श्रेष्ठले ‘हिँड्दा हिँड्दै डोबाटोमा…’ र ‘किन रुन्छ यो मन…’ गाएकी थिइन् विद्यालयदेखि नै गीत गाउँदै आएकी उनी विमेन इन कन्सर्टबाट पनि गीत गाउँदै आएकी छन् । मेघा अभया सुब्बाको सहयोगमा आफूले संगीतमा अभ्यास गर्दै आएको बताउँछिन् काठमाडौं र बुटवल अडिसन सकिँदा गोल्डेन माइक पाउने उनी मात्रै हुन् ।

शुरु भयो ‘नेपाल आइडल’ सिजन ३

काठमाडौं – ‘नेपाल आइडल’ को तेस्रो सिजन शुरु भएको छ । .बिहीवारदेखि प्रदर्शनमा आएको यो रियालिटी शो मा १ सय प्रतिस्पर्धी भिड्दैछन् नेपाल आइडलका कार्यकारी निर्देशक सुरेश पौडेलका अनुसार यो नेपाल आइडलको तेस्रो सिजनमा ४ हजार प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । तीमध्ये एक सय जनाले प्रस्तुति दिनेछन् ।

यो सिजनमा पनि लोक, पप तथा सुगम गीतलाई स्थान दिइनेछ । यद्यपि सुगम संगीतलाई थप महत्त्व दिइनेछ न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक रहने यो रियालिटी शोलाई आशिफा शाह र माम्पी घोषले उद्घोषण गर्नेछन् यो सिजनका विजेताले कति पुरस्कार पाउनेछन् भन्ने अझै खुलाइएको छैन यो रियालिटी शो पछिल्लो समय चर्चामा रहेका फ्रेन्चाइज रियालिटी शोमध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *