‘हो म मेरो श्रीमानलाई सराप्छु, थर्काउँछु तर…’

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् रानी मुखर्जी । उनले अभिनय गरेको फिल्म मर्दानी २ हालै रिलिज भएको थियो । उक्त फिल्मले बक्स अफिसमा पनि उत्तिकै राम्रो कमाई गरिराखेको छ ।

रानीले फिल्म निर्माता आदित्य चोपडासँग विवाह गरेकी थिइन् । विवाह गरेपछि पनि उनी फिल्मी क्षेत्रमा उत्तिकै सक्रिय रहेकी छिन् । उनले आफ्नो श्रीमानबारे प्रतिक्रिया दिएकी थिइन् । उनले भनेकी थिइन्,‘म मेरो श्रीमानलाई प्राय सराप हाल्ने गर्छु । कराउने गर्छु । दबाउने गर्छु । तर, यो सबै मायाले गर्छु ।’

रानी आदित्य चोपडाकी कान्छी श्रीमती हुन् । पहिलो विवाह रानीकै कारण बिग्रिएको थियो । रानी र आदित्यको लामो समयदेखि लवअफेयरपछि विवाह गरेका थिए । तर, रानीले दबाब दिएपछि पहिलो श्रीमतीलाई डिभोर्स दिदै आदित्यले उनीसँग विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *