केही कमी कमजोरी भए, जसले नेपाली काँग्रेसको यो हालत भयो : राजन केसी, नेता, नेकाँ

काठमाडौं । राष्ट्रिय राजनीतिमा लामो इतिहास बोकेर अगाडि बढिरहेको पार्टी हो, नेपाली कांग्रेस । तर पछिल्लो समय यही पार्टी कांग्रेसले राष्ट्रिय राजनीतिमा आफ्नो साख गुमाइरहेको हो कि भन्ने आभाष हुन थालेको छ ।

केही सयमदेखि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । तर केन्द्रीय समितिमै देखिएको मनमुटावले पार्टी भित्र–भित्रै कमजोर बन्न थालेको त होइन भन्ने लगायतका प्रश्नहरु समेत उठन थालेका छन् ।यसै विषयमा न्यूज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’मा कांग्रेस नेता राजन केसी केसीसंग विशेष कुराकानी गरेको छ ।

टिभी जर्नलिष्ट स्मृति मल्लसंगको कुराकानीको क्रममा नेता केसीले भन्नुभयो, ‘इतिहासमा नेपाली कांग्रेसले लामो समय संघर्षमय जीवन व्यथित गरेर प्रजातन्त्र प्राप्तिका लागि लडाई लडेको सबैलाई थाहै छ । यो बीचमा अत्यन्तै चिन्ता छ जनतालाई, कतै यो लोकतान्त्रिक पार्टी कमजोर हुने त होइन भन्ने चिन्ता छ उनीहरुमा ।’

उहाँले अगाडि भन्नुभयो, ‘केही कमी कमजोरी कांग्रेसको रह्यो । कांग्रेस आफैमा अत्यन्त जुझारु भएर पनि नेपाली राजनीतिमा स्थापित हुन नसकेको अवस्था हो । विगतको संसदको चुनावमा पनि हाम्रो कमजोर अवस्था रह्यो । मतका हिसाबले हामी कमजोर त हैनौं । तर, कम्युनिष्टहरुको एक–आपसमा जुन सहमति भयो, त्यसले गर्दा नेपाली कांग्रेसको उपस्थिति स्थानीय तह, प्रदेशमा र संघमा कमजोर छ ।’

कांग्रेसमा अहिले केही समकालीन नेताहरु रहेका बताउँदै नेता केसीले भन्नुभयो, ‘कांग्रेस अहिले १४ औं महाधिबेशनको तयारीमा छ । आउने फागुनमा हाम्रो १३ औं महाधिबेशनको पदावधि सकिदैछ । तर, विधानमा भने हाम्रो एक वर्ष थप्न सकिने भन्ने छ । अब एक वर्ष भित्र हामीले धेरै तहको निर्वाचन गर्नु पर्ने हुन्छ । बस्ती, वडा, ईकाई, गाउँ, क्षेत्र, जिल्लादेखि लिएर आठौं तहको भने विधान अनुसार चुनाव गर्नुपर्ने हुन्छ।’

उहाँले भन्नुभयो, ‘केही कमी कमजोरीका कारण कांग्रेसको यो हालत भयो । कांग्रेसको नेतृत्वमा सात सालको आन्दोलनको भयो, पुनः २०४६ सालमा भयो, २०६२÷६३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको समयमा भने यो देशमा गणतन्त्र नै आयो, यी सबै कुरालाई हामीले आत्मसाथ गर्न सकेको भए यो अवस्था आउने थिएन ।’

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *