बलिउड अभिनेत्री काजलको कति छ सम्पत्ति ?

एजेन्सी । बलिउड अभिनेत्री कागज मुखर्जीको जन्म सन् १९७४, अगस्ट ५ मा भएको थियो । उनको पिता सोमु मुखर्जी पनि फिल्म निर्देशक तथा निर्माता रहेका थिए ।

आमा तनुजा भने अभिनेत्री रहेकी थिइन् । काजलले आफ्नो पढाइ जोसेफ कोभेन्ट बोडिङ स्कुलमा गरेकी हुन् । बलिउडमा लामो समय काम गरेकी काजलले सन् १९९९, फ्रेवअरी २४ मा अभिनेता अजय देवगनसँग विवाह गरेकी थिइन् ।

उनका दुई सन्तान रहेका छन् । काजलले सन् १९९२ मा बलिउड फिल्मको यात्रा फिल्म बेखुदीबाट गरेकी थिइन् ।पहिलो कमर्शियल फिल्म सफलता भने उनलाई १९९३ मा मिलेको थियो ।उनीसँग नेटवर्थ १५ मिलियन डलर सम्पत्ति रहेको छ ।

एउटा फिल्म खेलेको उनी ४ देखि ५ करोडसम्म लिने गर्छिन् ।मुम्बई स्थिति जुहुमा उनको घर रहेको छ ।मुम्बईमा उनका अन्य धेरै सम्पत्तिहरु पनि रहेका छन् ।

कार

बिएमडब्लु जेड ४– ७४ लाख भारतीय रुपैयाँ

मासेराटी क्वाट्रोपोर्टे–२.२० करोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *