पारस शाहको यो हर्कतपछि उनकै समर्थकले भने,‘आज बाट म उनलाई घृणा गर्छु’

काठमाडौँ । पुर्व राजकुमार पारस शाहको पछिल्लो सोशल मिडिया प्रोफाइललाई लिएर उनका फ्यानहरु पनि निराश भएका छन् । सोनिका रोकायासँगको तस्बिर आफ्नै फेसबुक प्रोफाइलमा राखेपछि पूर्व राजकुमारका समर्थकहरू र शुभचिन्तकहरूलाई निराश भएका हुन् ।

उनले सोनिका रोकायासँगको प्रोफाइल फोटो आफ्नो फेसबुकमा राखेपछि उनी पुनः विवादमा आएका हुन् । यद्यपि उनीबारे धेरै यूट्यूब भिडियोहरूले अफवाह फैलाउने काम गरेको पनि बताइएको थियो तर यो तस्बिरले भने झन् विवाद सिर्जना गरेको छ । पुर्व युवराज्ञी हिमानी शाहका पति समेत रहेका उनले यस्तो गतिबिधि देखाउन नहुने उनका समर्थकहरुको भनाइ रहेको छ ।

युट्युबर सोनिका रोकायासँगको हिमचिम बढेपछि उनका फ्यानहरुले उनको खुलेरै विरोध गरेका छन् । केही समर्थकहरुले उनीबाट यस्तो अपेक्षा नगरेको बताएका छन् ।
अष्ट्रेलीयामा बस्ने एक नेपाली जसलाई कट्टर शाहीवादी पृष्ठभूमि भएको परिवारसँग सम्बन्धित मानिएको थियो उनले पनि शाहको प्रोफाइल तस्विर सोनीका रोकायासँग देखेपछि यति घिनलाग्दो भनेर टिप्पणी गरेका छन् । उनलाई अनफ्रेण्ड पनि गरिदिएको बताएका छन् ।

उनले भनेका छन्,‘अब म त्यो मान्छेलाई घृणा गर्छु ।’ नाम नबताउने सर्तमा उनले यो टिप्पणी गरेको मिडिया रिपोर्टमा उल्लेख छ । तीन सन्तानका पिताले गरेको यो हर्कतका कारण शाह परिवारले पाएको सम्मानमा पनि आँच आउने काम भएको उनले बताएका छन् ।

जे जस्तो भए पनि पार शाहका आफ्नौ फ्यानहरु रहेका थिए । मनमौजी स्वभावका उनीप्रति जति आलोचना भएपनि उनका फ्यानहरुले खासै नराम्रो टिप्पणी भने गरेका थिएनन् । तर, फेसबुकमा सोनिका रोकायासँगको तस्बिर प्रोफाइल फोटो राखेपछि भने फ्यानहरु र समर्थकहरु निराश भएका छन् ।
एउटा पिताले गर्ने कर्तव्यबाट बाहिर गएको उनीहरुको बुझाइ रहेको छ ।

पुर्व राजा ज्ञानेन्द्र शाहका एकमात्र पुत्र पारस शाह हुन् । तर, बारम्बार विवादमा आएका कारण राजपरिवार पनि उनीसँग दुरी बनाएरै बस्दै आइरहेको मिडिया बारम्बार समाचाहरु बनेर आउने गरेका छन् सोनिका रोकायासँग नजिकिएको सम्बन्धबारे चर्चा चलिरहँदा पारस शाहले उनीसँगको फोटो आफ्नो प्रोफाइलमा राख्नुले झन् विवाद बढाएको छ ।

श्रोत नेपाली पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *