राजकुमार ह्यारी देखिए स्यान्टा क्लस पोशाकमा

एजेन्सी। बेलायतका राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन मार्केलले यस बर्षको क्रिसमस पर्व क्यानाडामा मनाउने भएका छन्। क्रिश्चियन धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व मानिने क्रिसमसको अवसरमा पर्व विदा लिएर उनीहरु क्यानडा जान लागेका छन्।

सुरक्षाको कारण र निजी भ्रमण भएकाले उनीहरुको भ्रमणका बारेमा विस्तृत विवरण भने सार्वजनिक नगरिएको दरबार श्रोतले जनाएको छ। उनीहरुले यसलाई “गोपनीयताको सम्मान”का रुपमा पनि व्याख्या गरेका छन्।

उनीहरु यसअघि पनि बेला बेलामा क्यानाडा जाने गर्दछन्। त्यसैको निरन्तरता स्वरुप यो भ्रमण हुन लागेको बताइएको छ। क्यानडा भ्रमण अगाडि राजकुमार ह्यारीले स्यान्टा क्लसको पोशाक लागाएको तस्बिर सार्वजनिक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *