एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताः मिनु फाइनलमा, भुपेन्द्रले जिते रजत

काठमाडौँ । मिनु गुरुङ चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेकी छन् नेपालका लागि महिला ५४ केजीमा मिनु गुरुङले चाइनीजताइपेइकी मुक्केबाज ताओ यिङ–युलाई अंकका आधारमा हराउँदै उपाधि नजिक पुगेकी हुन् ।२१ तारिखमा हुने उपाधि भिड्न्तमा मिनुले फिलिपिन्सीकी मुक्कोवाज नाइस जाओ डेटेक्लोसँग प्रतिस्पर्धा गर्ने संघका सदस्य श्याम अवालेले जनाएका छन् ।

पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापाले रजत जितेका छन् । भुपेन्द्र फाइनलमा चाइनीज ताइपेइका मुक्केबाज वाङ जिया ज्यानसँग स्प्लीट डिसिजनका आधारमा ३–२ ले पराजित भएका थिए । रजत जितेका भुपेन्द्रले ५ सय डलर पनि हात पारेका सदस्य श्रेष्ठले बताएका छन् ।

नेकपा निकट प्रेस सङ्गठनले बोलायो राष्ट्रिय भेला

काठमाडौँ । प्रेस सङ्गठन नेपालको एकतापछि शपथ ग्रहण प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम यही पुस १२ गते काठमाडौँमा हुने तय भएको छ । भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला (प्रतिष्ठान र एसोसिएट) का संयोजक र सहसंयोजक सहभागी हुने केन्द्रीय सहसंयोजक गणेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष आतिथ्यतामा भेला हुने तय भएको छ ।

भेलामा सचिवालयका नेताहरु, तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रचार विभागका प्रमुखसमेतलाई आमन्त्रण गरिएको छ तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई २४९ सदस्यीय प्रेस सङ्गठन नेपाल गठन भएको थियो ।

सङ्गठनको प्रदेश र जिल्लास्तरमा पूर्णताको काम लगभग सम्पन्न भएको छ । सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक बस्नेतले गत मङ्सिर १० गते केन्द्रीय कमिटीलाई पूर्णता दिइ प्रदेश र जिल्लास्तरमा एकता गर्न निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *