सप्तरीमा भेटियो ९ फिट लामो अजिंगर

राजविराज : सप्तरीमा पुनः २५ किलो तौल र ९ फिट लामो अजिंगर फेला परेको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा शनिबार नौ फिट लामो एक अजिंगर फेला परेको सप्तरी प्रहरीले जनाएको छ।

स्थानीय सुधीर झाको बारीमा ९ फिट लम्बाई र २५ किलो तौलको अजिगंर भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तथा प्रवक्ता तिलक भारतीले जानकारी दिए। इलाका प्रहरी कार्यालय भारदहको टोलीले अजिंगर नियन्त्रणमा लिई वन्यजन्तु आरक्षण पथरी सेक्टरको रेञ्ज पोष्टको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यसअघि कार्तिक १३ गते हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित कोशी बाँधमा १५ किलो तौल भएको अजिंगर फेला परेको थियो। यस्तै कार्तिक १० गते तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित खाँडो खोलामा करिब ७ फिट लम्बाई भएको १२ किलो तौलको अजिंगर फेला परेको थियो।

अजिंगरहरु आसपासको जंगल र सप्तकोशी नदी हुँदै बगेर आउने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *