रन्जनाका फेसबुकमा भेटिए यस्तो भिडीयो, बिचरा रवि नेपालमा श्रीमतीको लागि पलपल तड्पे (भिडियो)

काठमाडौं । आफ्नै श्रीमानलाई आत्म ह त्या दुरु त्साहनको मु द्दा खेपिरहेकी चितवनकी रञ्जना मैनाली पहिलो पटक मिडियामा आएकी छन् । अहिले सम्म रविका परिवारका तर्फवाट मात्र मिडियामा कुराहरु वाहिरिएका छन् । रवि रुवालीले देह त्याग गरेपछि अनुसन्धानका लागि हिरासतमा रहेकी रञ्जनालाई विहिवार अदालतले एक लाख रुपैया धरौटीमा रिहा गरेको छ । अदालतवाट रिहा भएपछि उनी पनि मिडियामा आएकी छन् ।

अष्ट्रेलियामा रविको परिवारको आर्थिक सहयोगमा पढ्दै गरेकी रञ्जना आफ्नो दिदीको विवाहका लागि तीन वर्ष पछि नेपाल आएपछि उनका श्रीमान रविले देह त्याग गरेका थिए । रविका परिवारका सदस्यले रञ्जनाले तिरस्कार गरेका कारण रविले देह त्याग गरेको आरोप लगाएका छन् । अहिले रञ्जना र रविका परिवार एक अर्कालाई दोषारोपण गर्दै मिडियामा आफ्ना भनाई सार्वजनिक गरेका छन् । अदालतवाट एक लाख रुपैया धरौटीमा रिहा भएपछि रञ्जनाले पहिलो पटक मिडियामा आफ्ना कुरा राखेकी थिइन् । उनले रवि नै आफुवाट टाढा हुन खोजेको बताएकी थिइन् ।

यता रविका परिवारले भने रञ्जना र रविको भविष्यका लागि रञ्जनालाई ५० लाख रुपैया खर्च गरेर अष्ट्रेलिया पढ्न पठाएको र विवाह गरेको ६ महिना पछि नै रञ्जनाले रविलाई वास्ता गर्न छोडेको आरोप लगाउँदै आएका छन् । देवरको विवाहमा समेत नआएकी रञ्जना आफ्नो दिदीको विवाहमा नेपाल आउँदा रविलाई तिरस्कार गरेको आरोप रविका परिवारको छ । यता रञ्जनाले भने रविले धेरै पटक अष्ट्रेलिया जान भिषा लगाएको भए पनि अष्ट्रेलियाले रविलाई भिषा नदिएका कारण रवि आफुसंग टाढा हुदै गएको बताएकी छन् । रविले अष्ट्रेलिया जानकै लागि आफुसंग विवाह गरेको र भिषा नलागेपछि तिमीसंग विवाह गर्नुको कुनै मतलब भएन भन्दै टाढीन खोजेको रञ्जनाको आरोप छ । उनले अष्ट्रेलिया जान नपाएपछि रञ्जनालाई आफुले नेपालमै अर्को विवाह गर्ने भन्दै आफुहरुले अष्ट्रेलिया पठाउन रञ्जनालाई गरेको लगानीको हिसाव गर्न समेत भनेको रञ्जनाको आरोप छ । रवि धेरै पटक प्रहरी केशमा परेका कारण अष्ट्रेलियाले उनलाई भिषा नदिएको हुन सक्ने रञ्जनाको आशंका छ ।

रवि धेरै पटक प्रहरी केशमा परेको विषयमा आफु विवाह अघि अनभिज्ञ रहेको पनि रञ्जनाले बताएकी छन् । यता रविका परिवारले रञ्जना नेपाल आएर घर नआएको बताइरहँदा रञ्जनाले भने आफु नेपाल आएको बारेमा ससुरासंग कुरा भएको र ससुराले तिमी आएको खबरले म निकै खुसी छु अब विवाह पछि भेटौंला भनेको बताइन् । रविको भाइबुहारीले रविसंग अस्मिताको कुरा हुँदैन भनेकी थिइन् तर रञ्जनाले भने आफु नेपाल आएर हेटौंडा पुगेपछि श्रीमानसंग कुराकानी भइरहेको बताइन् । रविको परिवारले तेरो छोरीलाई अष्ट्रेलिया पठाउँदा लागेको पैसा तिर भनेर आफ्नो माइतीलाई तनाव दिने गरेको बताइन् ।


यसको खण्डन ससुराले यसरि गरेका छन् :

रवि रुवालिको वुवा रञ्जनाले आफ्ना छोरालाई लेखेको म्यासेज देखाउँदै मिडियामा आएका छन् । अदालत र मिडियामा रञ्जनाले गलत बोलेको भन्दै रविका बुवा प्रमाण सहित मिडियामा आएका हुन् । उनले यस्तो सवाल जवाफ गर्ने चाहना नहुँदा नहुँदै पनि रञ्जनाले गलत बोलेका कारण आफु मिडियामा आउनु परेको बताएका छन् ।

रञ्जनाले आफु कहाँ बसेको हो भन्ने कुरा परिवारलाई जानकारी गराएको बताएकी थिइन् । तर ससुराले त्यो कुरा होइन भनेका छन् । उनले अष्ट्रेलियामा बुहारी कहाँ बसेकी छन् भन्ने कुरा आफन्तले खोज्दा पनि पत्ता नलागेको बताए । रञ्जनाले रविको अष्ट्रेलिया जाने भिषा नलागेपछि आफुसंग टाढिदै जान थालेको बताएकी थिइन् । रञ्जनाको त्यो कुरा पनि होइन भन्दै उनका ससुराले रञ्जनाले नै रविलाई अष्ट्रेलिया लैजान नचाहेको बताए । उनले रञ्जनाले लेखेको म्यासेज देखाउँदै भने, रविले मेरो भिषा किन लागेन बेबी भनेर सोध्दा रञ्जनाले मैले भगवानलाई तेरो भिषा नलागोस् भनेर पुकारा गरेकी थिए त्यही भएर नलागेको हो । तेरो भिषा नलागेकोमा म खुसी छु भनेर रविलाई लेखेकी छन् ।

उनले आफ्नो छोराको भविष्यका लागि रञ्जनालाई छोरी बनाएर पढाएको बताए । उनले छोरा नपढाएर बुहारीलाई छोरी बनाएर पढाउँदा आफुले अ न्याय सहन परेको प्रतिकृया दिए । उनले अहिले रञ्जनाको बारेमा बोल्न पर्दा पनि आफुलाई पी डा भएको बताए । बुहारीले गरेको तिरस्कारका कारण छोराले जिवन गुमाएको बताए ।

रञ्जनाले सासु ससुरालाई जानकारी दिएर अष्ट्रेलयामा कोठा सरेको, देवरको विवाहमा नआएकी उनी आफ्नो दिदीको विवाहमा आउँदा पनि जानकारी दिएको भन्ने कुराको पनि ससुराले जवाफ दिएका छन् । अदालतमा आफ्नो अगाडी नै त्यसरी गलत बोलेकी रञ्जनाले मिडिया सामु पनि गलत बोलेको बताए । रञ्जनाले श्रीमानसंग राम्रो सम्बन्ध थियो भनेर बताएको कुरामा पनि ससुराले खण्डन गरेका छन् । उनले दिदीको विवाहमा तीन वर्ष पछि भेटिएको आफ्ना श्रीमानसंग एउटा पनि फोटो किन छैन रु उनले प्रति प्रश्न गरे रञ्जनाको मोवाइलमा एउटा पनि फोटो किन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *