गूगललाई १५ करोड यूरो जरीवाना

पेरिस (फ्रान्स) । फ्रान्सको एकाधिकार विरोधी नियामकले अमेरिकी कम्पनी अल्फाबेटको सर्च इन्जिन गूगलमाथि १५ करोड यूरो जरीवाना लगाउने निर्णय गरेको छ । गूगलले विज्ञापनदातालाई शक्तिको दुरुपयोग गर्दै पक्षपात गर्ने गरेको नियामकको ठहर छ । गूगलले एउटा नियम बनाएपछि त्यसलाई आफ्नो अनुकूल परिवर्तन गर्ने गरेको बताइएको छ ।

पछिल्लो समय गूगलको व्यवसायमाथि अनुसन्धान बढिरहेको अवस्थामा फ्रान्सको एकाधिकारविरोधी नियामकले पहिलो पटक जरीवाना लगाएको हो । गूगलले भने फ्रान्सको यो निर्णयविरुद्ध पुनरवलोकनका लागि निवेदन दिने बताएको छ । फ्रान्समा गूगलमाथि यस विषयमा चार वर्ष अनुसन्धान गरिएको थियो । फ्रान्सेली वेबसाइट्स सेवा प्रदायकले गरेको गुनासोको आधारमा गूगलमाथि अनुसन्धान शुरु भएको थियो । अनुसन्धानको क्रममा प्रतिस्पर्धीको गूगल एड

अकाउन्ट विना कुनै सूचना बन्द गर्ने गरिएको पाइएको थियो । नियामकले अनलाइन सर्चमा व्यवसायमा ९० प्रतिशत हिस्सा रहेको गूगलले दायित्व गूगल एडमा स्वच्छ पँहुच दिनुपर्ने बताएका छन् । शक्तिसँगै कम्पनीको दायित्व पनि बढ्ने नै प्रतिस्पर्धा नियमको मुख्य सिद्धान्त रहेको एक अधिकारीले बताएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *