धमलालाई उडाउँदा रिसाईन् श्रीमती एलिजा गौतम

काठमाडौ । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को नयाँ शृंखलामा चर्चित पत्रकार ऋषि धमलाको दम्पति अतिथिको रुपमा पुगेका छन् । हिजो मात्र शुटिङ्ग सम्पन्न भएको नयाँ शृंखलामा प्रतिस्पर्धीहरुले धमलाको क्यारिकेचर गरेका थिए ।

उक्त कार्यक्रममा धमला दम्पति झण्डै दुई घण्टा बढि बसेर प्रतिस्पर्धीहरुको प्रस्तुति हेरेर धमला दम्पतीले मनोरंजन लिएका छन् । कार्यक्रमको शुटिङ्ग पश्चात संचारकर्मीसंग कुराकानी गर्दै ऋषि धमलाले खुशी व्यक्त गरेका छन् भने श्रीमती एलिजा गौतमले आफ्नो श्रीमान् माथि मजाक उडाएकोमा निराश व्यक्त गरेकी छिन । \

मिडियामा सामु आफ्नो कुरा राख्दै एलिजाले भनिन्, “मेरो श्रीमान्लाई मजाक बनाएर बोल्नु भन्दा पहिला वहाँले गरेको योगदान सोच्न जरुरी छ । ऋषि धमला त्यत्ति सजिलै यो ठाउँमा पुग्नु भएको होईन त्यसैले वहाँको काम गर्ने शैलीमाथि मजाक बनाउनु अघि सबैले सोचे राम्रो हुन्थ्यो किनकी वहाँ हरेक कुरालाई सहज लिईदिनु हुन्छ र यहि फाईदा सबैले उठाउने गरेका छन् ।”

यहि विषयमा धमलाले भने हास्दै भने, “मैले सुरुदेखि नै भन्ने गरेको छु कि पत्रकारितामा कसैको आलोचना गर्न सिकेन भने कोहि सफल हुन सक्दैन त्यसैले मेरो आलोचना गरेकोमा मलाई फरक पर्दैन बरु मैले दुई घण्टा बसेर मनोरंजन लिए । प्रतिस्पर्धीहरुको खुबी देख्दा मलाई खुशी लागेको छ र मलाई आलोचना गर्दा पनि वहाँहरुको खुबी देख्न सकिन्थ्यो ।”

एलिजा गौतमले आफुलाई श्रीमानले पर्याप्त समय दिन नसकेकोमा दुख व्यक्त गर्दै आइरहेकी छिन । यहि विषयमा धमलाले एलिजालाई सम्झाउदै भने, “हाम्रो माया भनेको संगै हुने, टाँसिएर बस्ने मात्र होईन । एलिजालाई केहि पर्दा मैले पर्याप्त समय दिएको हुन्छु र उनलाई माया गरिरहेको छु । माया गर्न संगै हुनुपर्छ भन्ने हुँदैन ।”

कमेडी च्याम्पियनको उक्त शो यो हप्ता कान्तिपुर टिभिमा प्रसारण हुँदै छ । विशाल भण्डारीको निर्देशनमा बनेको उक्त रियालिटी शोले अहिले दर्शक माझ राम्रो चर्चा बटुलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *