सार्वजनिक स्थलमै यस्तो दृश्य, उपस्थित बने सयौं रमिते (भिडियो)

काठमाडौं । आजभोली पार्क, मन्दीर र पर्यटकिय क्षेत्रमा परिवारका साथमा हिँडेको अवस्थामा लाज लाग्ने दृष्य हेर्नुपर्छ । प्रेमिल जोडी हुन् वा उन्मत्त युवा युवती वरिपरीको वातावरणको वास्ता नगरी आफ्ै संसारमा रमाइरहेका हुन्छन् । कति अवस्थामा देखेर पनि नदेखे जस्तो गर्नुपर्छ काठमाडौंकै सार्वजनिक पार्कहरुमा हेरिनसक्नुका दृष्य देख्न सकिन्छ । धार्मीक दृष्टिकोणले महत्व बोकेका मठ मन्दीरमा पनि एकान्त खोज्दै हिड्नेहरु देखिन्छन्।

तर तेस्रोलिंगीहरु सार्वजनिक स्थानमा पनि अपमानित हुनुपरेका थुप्रै उदाहरण छन् । उनीहरुलाई हेर्ने दृष्टिकोण नराम्रो भएकाले हरेक पाइलामा अपमानित हुनुपर्ने अनुभव सुनाउँछन् । मानव भएर मानवको जस्तो समेत ब्यवहार नपाएका तेस्रेलिंगीहरु पनि यहि देशको नागरिक हुन्।

उनीहरुलाई पनि अन्य सामान्य मानिसजस्तै समाजमा इज्जतका साथ बाँच्ने अधिकार छ । अहिले विभिन्न मुलुकमा उनीहरुका लागि केही खुकुलो कानुन बनाइएको छ । विवाह गर्ने र परिवार बसाउन पाउने कानुन केही देशमा बनेको छ । तर विश्वका अधिकांश मुलुक उनीहरु प्रति सकारात्मक हुन सकेका छैनन् । न त समाजले नै उनीहरुलाई सजिलै स्वीकार गर्छ।

हामीले तल प्रस्तुत गरेको यो भिडियोमा पनि एक तेस्रोलिंगीलाई एक जना पुरुषले सार्वजनिक स्थानमा मजाक उडाएको देख्न सकिन्छ । पुरुष भएर पनि महिला हार्मोनका कारण महिलाको पहिरन र शरिरको बनावटमा देखिएकी उनलाई एक जना पुरुषले निकै भद्धा मजाक गरेको देख्न सकिन्छ । उनलाई सार्वजनिक स्थलमा जिस्क्याउँदा पार्कमा रहेका सयौं मानिसले त्यसलाई रमाइलो मानेर हेरिरहेका हुन्छन् । कसैले पनि तिनलाई त्यसरी नजिस्क्याउन भन्दै पुरुषलाई सम्झाउँदैनन् । सबैले तालि पिटेर रमाइलो मानेको देख्न सकिन्छ।

त्स्रोलिंगी महिलाले तिमी जाउ मलाई नजिस्क्याउ भन्दा प िपुरुष पछि पछि लागेर तिम्रो नाम के हो रु तिमीलाई पछाडीवाट हेरेर म फिदा भएँ । तिमी संग सम्बन्ध बढाउन चाहन्छु भन्दै पछि लागिरहन्छन् । तर उनले आफ्नो त्यसमा कुनै चासो नरहेको बताइरहंदा पनि अन्य देख्नेहरुले तेस्रोलिंगीलाई साथ दिँदनन् । यो रमाइलोको लागि बनाइएको भिडियो भए पनि वास्तविकता देखाउन खोजिएको छ । सार्वजनिक स्थानमा पनि उनीहरु कसरी अपमानित हुन्छन् भन्ने कुरा यो भिडियोले प्रष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *