गौतम बुद्द क्रिकेट रंगशालाको अन्तिम डिपीआर तयार, एनिमेसनमा देखियो यस्तो मनमोहक (भिडियो)

काठमाडौँ। सिताराम कट्टेल (धुर्मुस) सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको नेचा बेतघारी गा.वि.स.मा जन्मिएका हुन्। बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो छोरोका रुपमा वि. सं २०४० साल आश्विन ४ गते उनको जन्म भएको हो ।[स्रोत नखुलेको] उनी ८ वर्षको छँदै उनको परिवार झापा झरेको थियो । माध्यमिक तहसम्मको अध्ययन सिताराम कट्टेलले झापाको गौरादहमा पुरा गरे । निम्न आयस्तर भएको परिवारमा जन्मिएका उनले आफ्नो बाल्यकालदेखि नै आर्थिक अभाव भोगे । कापी कलमको जोहो गर्नका लागि उनी कहिले हलो जोत्थे त कहिले अरुको स्केच चित्र बनाउथे ।

खेतबारीको काम, घाँस दाउरा र घरायसी काम गर्दै अध्ययनलाई अघि बढाएका उनी विद्यालयमा राम्रो विद्यार्थीमै गनिन्थे । अत्यन्तै सोझा तर तेजीला सितारामले एसएलसी प्रथम श्रेणीमा पास गरे । उच्च शिक्षाका लागि उनी बुवाले ऋण गरेर जुटाएको १७ सय रुपैँया गोजीमा राखेर काठमाण्डौँ छिरे । कोठा खोज्दा, सामान जुटाउँदा ३६ प्रतिशत ब्याजमा बुवाले ऋण खोजेर दिएको पैसा सकियो । त्यसपछि काठमाण्डौँमा आएर उनले चित्र बनाउनेदेखि भाँडा बेच्ने कामसम्म गरे । संघर्षले जम्मा गरेको पैसाले रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भए । साथीहरुलाई जोक र क्यारीकेचर गरेर हँसाएको भरमा थुप्रै छाक टारे । केहि समय पछि उनलाई कलाकार बन्ने भूत चढ्यो । हाँस्यकलाकार खेम शर्मासँगै बस्न थाले । खेम शर्मासँगै हिँड्न थालेपछि चिनजान बढ्यो । तर, गतिलो अवसर पाएनन् । काठमाण्डौँदेखि हार मानेर झापा फर्किएका सिताराम फेरी संघर्षसँग जुध्नका लागि राजधानी आए ।

टेलिश्रिङ्खला ‘हिजो आजका कुरा’मा छोटो संवाद बोल्ने मौका पाए। औपचारीक रुपमा भने हाँस्यकलाकार जितु नेपालले उनलाई कलाकारीतामा प्रवेश गराए । गीताञ्जली टेलिफिल्ममा अभिनय गर्ने मौका जुरेसँगै उनले केदार घिमीरे (माग्ने बुढा)लाई भेटे । धुर्मुस र माग्ने बुढाको जोडी जम्यो । गीताञ्जलीमा अभिनय गदागर्दै उनले दीपक राज गिरीसँगको चिनजानका कारण तितो सत्यको १४ भागसम्म अभिनय गरे ।

पछि केदार घिमीरेसँग मिलेर मेरी बास्यै हाँस्य टेलिश्रृंखला बनाए । मेरी बास्यैमा सितारामले अभिनय गरेको धुर्मुस पात्रले चर्चा र लोकप्रीयता कमायो । सिताराम कट्टेल एउटै टेलिश्रंखलामा सबैभन्दा धेरै भूमीकामा देखिएका कलाकार हुन् । उनी खड्काजी, मुस्कान पासा, केपी शर्माको नक्कली रुप, खडानन्दलगायत दुई दर्जन भूमीकामा देखिएका छन् ।

मेरी बास्यै निर्माणकै क्रममा उनले धुर्मुसको जोडीको रुपमा देखिएकी कुञ्जना घिमिरे(सुन्तली)सँग विवाह गरे । अहिले उनीहरुको एक छोरी सुबिहानी छिन् । यस्तै, चलचित्र निर्माण र अभिनयमा पनि सिताराम कट्टेल सहभागि छन् । छ एकान छ, वडा नम्बर ६ लगायतमा हिट चलचित्रमा पनि सिताराम कट्टेलले अभिनय गर्नुका साथै लगानी पनि गरेका थिए । वैशाख १२ को गोरखा भूकम्प पश्चात धुर्मुस सुन्तलीको जोडी सामाजीक काममा पनि सक्रिय छन् ।

भूकम्प पश्चात यो जोडीको सक्रियतामा काभ्रेको डाँडा गाउँमा एकिकृत बस्ती बनाइएको छ । धुर्मु सुन्तली एकिकृत नमुना बस्ती नाम दिइएको उक्त बस्तीले धेरैबाट प्रशंसा पाएको छ । यस्तै, भूकम्प प्रभावितलाई न्यानो बाँड्नुका साथै महोत्तरीको बर्दिबासस्थीत मुसहर बस्तीमा राहात बाँडे ।[१] यो सामाजीक कामलाई अझै सक्रिय रुपमा अगाडि बढाउन उनीहरुले वि.सं २०७२ सालमा धुर्मुस सुन्तली फाउण्डेशन स्थापना गरेका छन् ।

उनै सिताराम कट्टेलले भरतपुरमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दैछन । चन्दाबाट रकम संकलन गरेर निर्माण सुरु गरिएको उक्त गौतम बुद्द अन्तरास्ट्रिय क्रिकेट रंगशाला सिताराम कट्टेल आफै पनि फिल्डमा खटिरहेका छन देशको गौरबको रुपमा लिइएको गौतम बुद्द अन्तरास्ट्रिय क्रिकेट रंगशालाको अन्तिम डिपीआर तयार भएको छ । जसको एनिमेसन तल हेर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *