मेस्सीको कीर्तिमान!

एजेन्सी । बार्सिलोनाका कप्तान एवं फरवार्ड लिओनेल मेस्सीले सन् २०१९ मा ५० गोलको आँकडा पूरा गरेका छन् । शनिबार अलाभेसविरुद्ध खेलमा गोल गर्दै उनले उक्त सफलता हासिल गरेका हुन् ।

३२ वर्षीय मेस्सीले लगातार छैटौं सिजन यो उपलब्धि हासिल गरेका हुन् । समग्रमा उनले ५० गोल पूरा गरेको यो नवौं सिजन हो । मेस्सीले अर्जेन्टिना र बार्सिलोनाबाट खेल्दै ५८ खेलमा ५० गोल गरे । उनले गोलसँगै १८ असिस्ट पनि प्रदान गरेका छन् । उनले कीर्तिमानी छैटौं पटक ब्यालोन डी’ओर अवार्ड पनि जितेका थिए ।

यसवर्ष मेस्सीले गरेका ५० गोल मध्य ३४ गोल ला लिगामा सम्भव भएको थियो । उनले यसक्रममा ३२ खेल खेले । उनले बार्सिलोनाकै लागि च्याम्पियन्स लिगमा ८ गोल र कोपा डेल रे मा तीन गोल गरे । अर्जेन्टिनाबाट यस वर्ष १० खेल खेल्दै उनले ५ गोल गरे ।

मेस्सीले पछिल्लो १० सिजनमध्य ९ सिजनमा ५० गोल पार गरेका छन् । उनले सन् २०१३ मा ४५ गोल गर्दा लगातारको सिलसिला तोडिएको हो । सन् २०१२ मा उनले अद्भुत प्रदर्शन गर्दै विश्व कीर्तिमानी ९१ गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *