क्रियापुत्री बसेकी दिपक क्षेत्रीको श्रीमतीले भनिन,- म नेपालमै भाको भए, उहाँलाई पानीसम्म त खुवाउँथें (भिडियो हेर्नुस)

शिशिर भण्डारी आफ्नो फेसबुक स्ट्याटसमा लेख्छन्-कलाकार बिपना बस्नेत दिदी, जो मेरो लागि जहिल्यै प्रेरणाको स्रोत हुनुभयो । यतिबेला आफ्नो श्रीमान कलाकार स्व. दिपक क्षेत्रीको क्रियापुत्री बस्नु भएको छ । हिजो दिदीलाई भेट्दा, दिपक सरलाई सम्झेर फेरी भक्कानिदै हुनुहुन्थो । आफु मलेशिया कार्यक्रममा हुँदा यता श्रीमानले अन्तिम श्वास फेरे, दिदीलाई एउटै गुनासो छ, म यहि भाको भए, उहाँलाई पानीसम्म त खुवाउँथें ।

पहिलो श्रीमानले शँका गर्ने, कुटपिट गर्ने गरेपछि ज्यान नै बचाउन गाह्रो भएपछि दिदीले दुई छोरा छोरी बोकेर घर छोड्नुभयो । जेठी छोरीलाई उहाँले पहिले नै गुमाउनु भयो । त्यो अप्ठेरो क्षणमा साथ दिने दिपक क्षेत्रीसँगको माया र सुमधुर सम्बन्ध दिदीले यो जुनीमा भुल्न सक्नु हुँदैन ।

हेयर ड्रेसर हुँदै कलाकारितामा नक्कली हिसिला यामीको परिचय पाउनु भएकी बिपना दिदीका छोरा छोरी नै यतिबेला कलाकारितामा छन्, रिस्ता बस्नेत र रिनेक्स बस्नेत । दिदीको जीवन सँघर्ष, आँट र सबैलाई प्रेरणा दिने जीवन कथा सुनेपछि सदैव सम्मान गर्न मन लाग्छ । दिदी यो शोकको घडीमा आफुलाई बलियो बनाएर अघि बढ्नुहोला । यो भाई सदैव हजुरको साथमा छ । केहि समयअघिको भेटमा दिदीले रुदै आफ्नो जीवन कथा सुनाउनु भएको थियो,

हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *