‘लाखौं मानिसले चिन्ने मुकुन्देलाई नचिन्ने तपाई कस्तो डिएसपी’

काठमाडौ। सामाजिक सञ्जालमा रमाउनेहरुको लागि मुकुन्द घिमिरे नौलो नाम होइन् । २२ दिन जे’ल बसेर २२ हजार धरौटी तिरेपछि मुकुन्दे रत्नपार्कबाट विस्थापित भएर सामाजिक सञ्जाल फेसबुकमा आएका हुन् ।

काठमाडौंको रत्नपार्कलाई चट्क्कै छाडेर फेसबुकमा पुगेका मुकुन्द घिमिरेका कुरा सुन्दा र पढ्दा समय बितेको पत्तै हुँदैन । हुनत कतिपयले मुकुन्द घिमिरेलाई पागलको संज्ञा पनि दिन्छन् ।

०५९ सालतिरको कुरा हो, युवालाई वैदेशिक रोजगारीमा पठाएको भन्दै माओवादीले उनीमाथि भाटा हाने । माओवादीको भाटा खाएपछि ज्यान जोगाउन काठमाडौं पसे । काठमाडौंमा उनलाई सुरक्षाफौजले माओवादी आरोपमा गिर’फ्तार गरेर मरुन्जेल या’तना दिए ।

प्रहरीका डिएसपीले मुकेन्दलाई नाम के हो भनेर सोध्दा उल्टै ‘लाखौं मानिसले चिन्ने मुकुन्देलाई नचिन्ने तपाई कस्तो डिएसपी’ भनेकोले गर्दा उनलाई पाटन हस्पिटल रेफर गरिएको थियो । शान्तिका लागि भन्दै १ हजार दानाको पोते लगाएपछि कतिले त मुकुन्देलाई नपुशंक पनि भन्न थाले ।

दिमाग एकोहोरो भएका उनी रत्नपार्कमा रुखमा चढेर कराउन थाले । त्यहाँबाट प्रहरीले लखेटेपछि उनी फेसबुकमा कराउँदा प्रहरीले पटक पटक हनुमान ढोकामा थुन्यो । भर्खरै मात्र राष्ट्रिय झण्डाको स्वरुप विगारेको भन्दै उनीमाथि साइबर क्राइममा मुद्दा लगाएर प्रहरीले जेल पठाएको थियो । ज्वाँइले ३ हजार धरौटी तिरिदिएपछि मुकुन्द घिमिरे फेरी फेसबुकमा झुल्किन थालेका छन् ।

मुकेन्देको सपना छ पहाडमा रेल कुदाउने, मधेशमा खेतैखेत, टयाक्टरबाट खेत जोताएर हेलिकप्टरबाट बीउ छराएर १० करोड जनतालाई यही देशमा सुखले पालेर ३६५ दिन लाई नै दशैं घोषणा गरी आफू राष्ट्रपति हुने मुकुन्देको हवाई सपना छ, त्यति गरे पछि यो देश बाट थ्री डी (थर्टी, डिफिकल्ट, र डेन्जर) काम गर्न कोही विदेश जानु पर्दैन बरु मुकुन्द ल्याडका लागि विदेशीलाई डिभी चिट्ठा खुलाउन सकिनेछ ।

विंस २०३५ सालमा भोजपुरमा जन्मेको उनी वताउछन् । ‘गाउँवाटै २०५० सालमा एलएलसी पास गरे । त्यस्तै ५५ सालमा ईन्जिनियरिङ पास गरेसगै ५७ सालमा विआईसीसीमा ६ महिना जागिर खाए, देशमा द्धन्द्ध चलिरहेको थियो देशलाई शान्ति चाहियो भन्दै जागिरलाई लात मारेर प्रवचन दिन सुरु गरे ।’

३६ वर्षको उमेरसम्म पनि मुकुन्दे अविवाहित नै छन् । अनामनगरको एक घरमा सिंढीमुनी मासिक ३ सय रुपैयाँमा बस्न थालेको कोठाको भाडा अहिले बढेर ५ सय भएको छ । स्थायी आयश्रोतको कुनै बाटो नभएपछि कसरी जीवन चलिरहेको छ भन्ने प्रश्नमा मुकुन्दे भन्छन्, केही साथिहरुले विदेशबाट सहयोग गर्छन्, त्यही पैसाले जनतन धानिरहेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *