यदि त्यो रात छवी केशवको साथमा हुन्थे त उनको निधन नहुन सक्थ्यो !

साँझसम्म हाँसेर, नाचेर खाएको मान्छे बिहान ओछ्यानबाट नउठ्दै ‘निधन भयो’ भन्दा पत्याउन सकिएला ? हत्तपत्त त्यस्ता कुरा पत्याइने गरिँदैन । तर, केही चलचित्रकर्मी आइतबार राति र सोमबारको बिहान ओछ्यानमै यस्ता कुराले बेचैन भए ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको वियोगमा छन्, नेपालका चलचित्रकर्मी । हँसिला, रसिला र मिजासिला स्वभावका केशवलाई कालले हैन, लापरवाहीले लगेको भन्छन्, साथीहरू । स्वयं उनको र सहयोगीहरुको थप लाप’र’वाही’का कारण नेपाली फिल्म जगतले राम्रो प्रशासक, कलाकार र निर्मातालाई सधैंका लागि गु’मा’उनु परेको छ ।

घटना भएको दिन हेटौंडाका चलचित्र पत्रकारहरुले आयोजना गरेको एउटा कार्यक्रममा जानुपर्ने थियो । तर, शनिबार विहान निधन भएका कलाकार साथी दीपक क्षत्रीको सोमबार विहान गर्ने भनिएको अ’त्येष्टिमा सहभागी हुन नपाइएला भन्ने चिन्ताले गएनन् । बरु, आइतबार राति आफैँले प्रा’ण त्या’गे । र, सोमबार दीपकसँगै ओल्लो चिता र पल्लो चिता भएर भौतिक देहबाट मु’क्त भए ।

यो अपत्यारिलो घटनाको वास्तविकता उस्तै दुःखद् छ । सोमबार बोर्डका सदस्य तथा हेटौँडाका हल मालिक नरेन्द्र महर्जनको पारिवारिक कार्यक्रममा सहभागी हुन कीर्तिपुर पुगेका थिए । केशव अघिपछि ल’त्तो नै छा’डेर पि’उ’ने गर्दैनथे । त्यसदिन कीर्तिपुरको स्थानीय उत्पादकले तयार पारेको ‘ऐ’ला’ भने स्वाद मानेर पि’ए । चलचित्र विकास बोर्डका सवारी चालक हरिका अनुसार उनी रातको साढे ९ बजे भर्खरै दुई करोडमा किनिएको, अन टेष्ट लेखिएको बोर्डको गाडीमा चढेका थिए । त्यसदिन मात्र हैन, अघिपछि पनि पिएपछि गाडीमै सुत्ने बानी थियो ।

बढी पिएको र ढिलो भएको दिन घरका मान्छेलाई दुःख दिनुभन्दा बोर्डमै रहेको शयन कक्षमा सुत्न रुचाउँथे । र, पिएर गाडीमा सुतेपछि चालक हरि अध्यक्षसँग बोल्दैन थिए, जहाँ पु¥याउन भनिएको हुन्छ, सरासर त्यहाँ पु¥याउने गर्थे । त्यसदिन ‘कता जाऔँ हजुर’ भनेर दुई–तीन पटक सोधे, तर जवाफ पाएनन् । त्यसैले सीधै अनामनगरस्थित घर पु¥याए । घर पुगेर ‘आइपुगियो सर’ भने, तर केशव बोलेनन् । बोकेर लैजान खोजे, सकेनन् । त्यसपछि केशवकी पत्नी र छोरालाई बोलाए । दुबै आए ।

त्यतिबेला मुखमा फिँ’जज’स्तो केही थियो, पत्नीले सफा गरिदिइन् । केशवले पि’एका दिनमा प्रायः त्यस्तो फिँ’ज आउने गरेको थियो । यतिबेला १० बजिसकेको थियो । चालक हरिले भने, ‘सरलाई चिसो लागेको होला । म बोर्डमै लगेर एसीमा सुताउँछु ।’ तर, अवस्था अलिक खराब देखेका कारण पत्नीले छोरालाई पनि साथमै पठाइन् । किनभने, अघिपछि पनि धेरै पिएको वा ढिलो भएका दिन केशव बोर्डमै सुत्ने गर्थे । त्यहाँबाट धोविखोला कोरिडोरको बाटो हुँदै १० बजेर २० मीनेट जाँदा गाडी चलचित्र विकास बोर्डको गेटमा पुगेको छ । हरि गाडीबाट ओर्लिएर गेट खोल्दै थिए, १५ वर्षीय छोरा आत्तिँदै क’राउन थाले, ‘हरि दाइ–हरि दाइ, बाबाले सा’स फेर्नुभएको छैन ।’ हरि गाडीमा चढे, सीधै ओम अस्पताल पु¥याए ।

त्यहाँको इमर्जेन्सीमा पु¥याएर डाक्टरले नाडी छामे, मुख नमीठो पारे । छाति जाँचे, मुटुको चाल शून्य । र, उनको निधन भइसकेको जानकारी दिए । पो’ष्टमा’र्टम नगरिएका कारण चिकित्सकले निधनको कारण बताएका छैनन् । तर, जब घरबाट चलचित्र विकास बोर्डतर्फ गाडी लाग्यो, तब बीच बाटोमा केशवले बान्ता गरेका थिए । शायद, बा’न्ता सर्किएर त्यसले श्वासप्रश्वास प्रक्रियामा लामो समय अवरोध ग¥यो र अचेत अवस्थामै प्रा’ण त्या’गे’को हुनुपर्ने अनुमान ओम अस्पतालका डाक्टरहरुले गरेका छन् । जनआस्था साप्ताहिकमा यो खबर छ ।

अघिपछि खानपिनमा हिँड्दा निर्माता छवि ओझा साथमा हुन्थे । तर, त्यसदिन छवि थिएनन् । यदि छवि साथमा थिए भने उनले बाटोमै केशवलाई असजिलो भएको पत्तो पाउँथे र तुरुन्तै नजिकैको अस्पताल पु¥याउन भ्याउँथे । वा, त्यही दिन पनि अनामनगरस्थित घरबाट बोर्डतिर नलगी नजिकैका नर्भिक, अन्नपूर्ण न्युरो, एभरेष्टमध्ये कुनै अस्पताल पु¥याइएको भए यस्तो घटना नहुन पनि सक्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *