आखिर दिपिकाले किन गरिन् रणवीरसँग बिहे ? खुलाइन् यस्तो कारण

मुम्बई, ७ पुस बलिउड । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको जोडीलाई बलिउडमा आदर्श जोडीको रुपमा हेरिन्छ । केहि समयको प्रेम सम्बन्धपछि गत वर्ष बिहे गरेका रणवीर र दीपिकालाई दर्शकले पर्दामासमेत निकै रुचाएका छन् ।

पहिलोपटक जब दीपिका र रणवीरबीच भेट भएको थियो, त्यतिबेला यी दुवै कुनै अरुसँगै सम्बन्धमा थिए । तर, ‘रामलीला’ फिल्मको सेटमा दुवै नजिक भए गम्भीर प्रकृतिकी दीपिकालाई रणवीरको रमाइलो प्रवृत्ति मन पर्‍यो । र, उनी रणवीरको आकर्षणमा परिन् ।

दीपिकाले एक अन्तर्वार्तामा आफूले रणवीरसँग विवाह गर्नुको कारण खुलाउँदै सुनाइन्, ‘उनले मेरो कामलाई सम्मान र मलाई हौसला दिन्थे जबकि, त्यतिबेला रणवीर अहिलेको जस्तो चर्चित अभिनेता भइसकेका थिएनन् । त्यतिबेला दीपिकाले रणवीरले भन्दा बढी कमाउने गर्थिन् ।

दीपिकाले कहिलेकाहीँ काम धेरै भएका कारण कहिलेकाहीँ घर जान पनि नभ्याउने गरेको खुलासा गरिन् । रणवीरले सधै दीपिकालाई समर्थन गरिरहे ।दीपिकालाई रणवीरले गरेको ‘केयर’ दीपिकालाई फरक लाग्यो । जसकारण दीपिका पनि रणवीरसँग बिहे गर्नका लागि राजी भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *