गायक आतिफ असलमलाई दोस्रो सन्तानलाभ

बलिउडका लोकप्रिय गायक आतिफ असलमलाई आफ्नी पत्नी सारा भारवानाबाट दोस्रोपटक सन्तानलाभ भएको छ।गायक असलमले आफ्नो आधिकारिक इन्टाग्राममार्फत् यो घोषणा गरेका हुन्।

महिना तथा सज्जनवृन्द, हाम्रो नयाँ सदस्य। दुवै आमा र बच्चा स्वस्थ छन्। हामीलाई आफ्नो कामनामा याद गर्नुहोस् र मासाल्लाह भन्न नबिर्सनुहोस्,’ उनले लेखेका छन्।

आतिफ असलम सन् २०१३ मार्च २८ मा सारा भारवानासँग विवाहबन्धनमा बाँधिएका थिए। यी दुईका यसअघि आहाद आतिफ असलम नामक पुत्र पनि छ।

ग्लोबल आइएमई बैंकको जाडोमा न्यानो वितरण

ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासीको सुस्ता गाउँपालिका–५ पक्लिहवामा २ सय थान ब्लाङ्केट वितरण गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश–५ का सचिव रामप्रसाद खरेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश–५ का सचिव टेकनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष चन्द्रकला रेग्मी तथा बैंकका प्रदेश–५ का सहायक प्रमुख कविन्द्र रेग्मीले शनिबार आयोजित एक कार्यक्रममा सुस्ताका विपन्न समुदायका २ सय परिवारलाई संयुक्तरूपमा ब्लाङ्केट हस्तान्तरण गरेका छन्।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निजामती कर्मचारी श्रीमती संघसँगको सहकार्यमा नवलपरासीको सुस्ताका विपन्न समुदायलाई जाडोमा ब्लाङ्केट वितरण गरेको जनाएको छ।बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *