शूटिङ छाडेर छोरीको नाटक हेर्न गए आमिर

बलिउड अभिनेता आमिर खानले आफ्नो फिल्मको शूटिङभन्दा छोरीको नाटकलाई बढी महत्व दिएका छन् ।उनको नयाँ फिल्म ‘लालसिंह चड्ढा’को अहिले पञ्जाबमा छायांकन भइरहेको छ ।

हलिउडको एक समयको चर्चित फिल्म फरेस्ट गमको रिमेकका रूपमा यो फिल्म बनाईंदै छ ।पञ्जाबमा शूटिङ चलिरहेको बेला आमिर २ दिनको लागि शूटिङ छाडेर छोरी इरा खानको नाटक हेर्न बैंगलोर पुगेका छन्

उनी छोरीलाई साह्रै माया गर्छन् । छोरीले नाटक ‘युरिपाइड्स मिडिया’को निर्देशन गरेकी हुन् ।छोरीको नाटक साह्रै मन परेको उनले ट्वीटमा उल्लेख गरेका छन् । राजधानी दैनिकमा खबर छ ।

फिल्म हिट भएपछि मस्ती मूडमा अनन्या

आफ्नो फिल्म ‘पति पत्नी और वो’को प्रचार र रिलिजले केही समय व्यस्त रहेकी अभिनेत्री अनन्या पाण्डे यतिबेला दुबईमा छुट्टी मनाइरहेकी छन् ।आफ्नो यो फिल्म हिट भएपछि उनी यतिबेला छुट्टी मनाउन दुबई पुगेकी हुन् ।

भारतबाट चिसो छल्न दुबई पुगेकी उनले समुन्द्र किनारमा घाम तापेको लगायत विभिन्न घुमघामको तस्वीर सार्वजनिक गरेकी छन् ।आफू अहिले छुट्टीको मूडमा रहेको र यात्रा रमाइलो भएको उनले बताएकी छन् । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *