यी नै हुन बच्चा फाल्ने आमा, यस्तो छ रहस्य ! आमाले थाहा पाइनन् छोरीको यस्तो हर्कत, बच्चाको के दोष ?

आफ्नो १२ कक्षा पढ्ने छोरीले बच्चा जन्माएर फालेपछि आमा बुवा समस्यामा परेका छन् । माइतीमै बसेकी १८ वर्षकी छोरीले बच्चा जन्माएर भागेपछि अहिले आमाबुवा समस्यामा परेका छन् । छोरीले ९ महिना बच्चा हुर्काएर नर्मल अवस्थामा जन्माउँदाको अवस्थामा पनि आमाबुवाले केही थाहा पाएनन् । कक्षा ११ मा पढ्ने आफ्नी छोरीलाई पढाइ राम्रो होस भनेर आमा बुवाले कोठा खोजेर राखिदिए । विद्यालयवाट घर आउन टाढा भएकाले घर फर्किदा धेरै राति हुन्थ्यो । एक्लै जवान छोरी घर र स्कूल गर्दा केही समस्या होला भनेर उनीहरुले छोरीलाई कोठा खोजेर राखिदिए ।

तर छोरीका कारणले अहिले तिनै आमाबुवाले नै समस्या भोगेका छन् । सिमपानीमा कोठा खोजेर राखिदिए । सिमपानीको क्याम्पसमा पढ्न नजिक होला भनेर उतै कोठा राखिदिएर भविष्यको मिठो कल्पना गरे । १२ कक्षा पास गरिन् छोरीले पनि । छोरीले १२ कक्षा पास गरेपछि आर्थिक अवस्था कमजोर भएकाले आफुले पढाउन नसक्ने भएकाले अब आफै जागिर खोजेर पढ भनेर भनेपछि उनी कोठा खोजेर दुई महिना घरै बसिन् ।

छोरीले बच्चा जन्माएको ठाउँमा रगत देखेपछि उनकी बहिनीले आमालाई बोलाइन् । आमा यहाँ र गत छ भनेर कान्छि छोरीले भनेपछि गएर हेर्दा केही पर पुरेको खोल्डो समेत देखेपछि गएर खोस्रदा बच्चाको खुट्टा देखिएको आमाले बताइन् । आफ्नै आमाले बच्चा देखेपछि हार गुहार गरिन् । अहिले सो कुरा बाहिर आएपछि उनीहरुको घरमा पुगेका युट्युवरहरुले आमा र वृद्ध हजुरआमालाई ख्यार ख्यारती पारेका छन् ।

उनीहरुले तपाईले छोरी कहाँ भगाउनुभयो ? भनेर सोध्दा आमाले आँशु थाम्न सकिनन् । तपाईहरु किन मलाई घेर्नुहुन्छ ? मलाई कति पीडा छ तपाईहरुले बुझ्न सक्नुहुन्छ ? मैले दुनियाको गोबर फालेर पढाएकी छोरीले त्यस्तो गर्दा मलाई कस्तो भयो होला ? उनले यदि आफुलाई छोरी गर्भवती भएको थाहा पाएको भए को केटाको गर्भ हो त्यो पत्ता लगाएर जिम्मा लगाइदिने बताइन् ।

छोरीलाई आफ्नै अगाडी बच्चा जन्माउन लगाएर केटाको जिम्मा लगाईदिने बताइन् । आफैले बच्चा जन्माएर गाडेर घरमा सुत्न आएकी छोरी कान्छी बहिनीले यहाँ रगत छ भनेर हल्ला गरेपछि उनी पनि हेर्न गएको आमाले बताइन् । उनले भनिन् मैले भगाउन चाहेको भए त्यो रगत आफै किन हेर्न जान्थे बच्चा गाडेको ठाउँ आफै खोदल्न किन जान्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *