आज छोरालाई स्कुल पुर्‍याउन पाएनन् अर्जुनबहादुरले मोटरसाइकललाई ठक्कर दिएर भाग्यो ट्रक

काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करले मोटरसाइकल चालक ४१ वर्षका अर्जुनबहादुर केसीको मृत्यु भएको छ।प्रदेश ३-०२-००९ प ७६२१ नम्बरको मोटरसाइकल चलाइरहेका केसीलाई मंगलबार बिहान नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो।

पर्वत ठूलोपोखरी घर भएका भई हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ चेकपोस्ट बस्ने केसीको घटनास्थलमै मृत्यु भएको छ।केसी छोरालाई कलंकीस्थित एलआरआई स्कुलमा छाड्न जाँदै थिए।

मोटरसाइकलको पछाडि बसेका उनका छोरा सामान्य घाइते छन्।केसीको शव अहिले सडकमै छ।स्थानीय बासिन्दा सडकमा भेला भएका छन्।

प्रहरी बिहानै घटनास्थल पुगे पनि मोटरसाइकललाई ठक्कर दिएर भागेको ट्रक समाउन सकेको छैन।‘सामान्य घाइते मृतकका छोराको सतुंगलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ,’ महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले सेतोपाटीसँग भने, ‘ट्रकको खोजी भइराखेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *