सन् २०२० मा ठुलो प्रलय आउने बाबा वेन्गाको भविष्यवाणी

एजेन्सी । चर्चित भविष्यवक्ता बाबा वेन्गाले गरेको खतरनाक भविष्यवाणी फेरि चर्चामा आएको छ । उनले गरेको भविष्यवाणी अनुसार सन् २०२० मा खतरा नै खतरा रहेको छ ।उनले धेरै कुराको विनाश हुनसक्ने अनुमान गरेका थिए । धर्तीमा जल प्रलयको सम्भावना उत्तिकै रहेको उनले बताएका थिए ।

उनले युरोपेली देशहरुमा मुस्लिम कटरपन्थीको खतरा पनि उत्तिकै रहेको बताएका थिए । पछिल्लो समय भारतमा नागरिकता संशोधन विधेयकलाई लिएर भएको घमासानलाई यो भविष्यवाणीसँग जोडेर हेरिएको र उनको भविष्यवाणी मिल्न गएको बताइएको छ ।

बुल्गेरियाका भविष्यवक्ता बाबा वेन्गाले पहिला गरेका धेरै भविष्यवाणी सही सावित भइसकेका छन् । सोवियत संघको विघटन, वल्र्ड टेड सेन्टरमा ११ सेप्टेम्बरमा भएको हमला, राजकुमारी डायनाको मृत्यु र प्राकृतिक विनाशबारे उनको भविष्यबाणी सही सावित भएको थियो ।

उनको असली नाम वेंगेलिया पांडेवा दिमित्रोवा हो । उनी सन् १९११ मा जन्मिएका थिए भने उनको मृत्यु १९६६ मा मृत्यु भएका थियो ।१२ वर्षको उमेरमा उनले आफ्नो आँखा गुमाएका थिए । उनले मर्नुअघि नै ८५ वर्ष अगाडि सन् २०२० बारे भविष्यवाणी गरेका थिए ।

उनका अनुसार सन् २०२० मा मुस्लिम कट्टरपन्थी युरोपमा चरम अवस्थामा हुनेछन् । यसबाहेक प्रलय र विपदको अवस्था उस्तै हुनेछ । देशमा खडेरी पर्ने लगायत अन्य विनाशका घटना घट्ने उनले भविष्यबाणी गरेका थिए । धर्मलाई लिएर ठुलो विवाद हुने उनको भविष्यवाणी रहेको थियो । त्यस्तै चीन महान शक्ति देशको रुपमा सन् २०२० मा उदय हुने उनले बताएका थिए ।

स्राेतः पन्जाबकेसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *