भुटानी राजा जिग्मे पाटन अस्पतालमा जन्मिएका थिए, हरेक दिन स्वयम्भूमा पूजा गरिन्थ्यो

काठमाडौं । भुटानी राजा जिग्मे केशर नामग्याल वाङचुकको जन्म नेपालमा भएको खुलासा भएको छ । ललितपुरको पाटन अस्पतालमा राजा वाङचुकको जन्म भएको गैर आवासीय भुटानीको अनलाइन पत्रिकामा २९ अक्टोबरमा प्रकाशित गैर आवासीय भुटानी विद्वान डा. डिएनएस ढकालको लेखमा उल्लेख छ । नेपालसँग आफ्नै भावनात्मक सम्बन्ध रहेको बताउँदै आएका राजा वाङचुक पाटन अस्पतालमा जन्मिएको गोप्य राखिएको थियो । । भुटानी भावी राजाको रक्षक मानिएको देवतालाई हरेक दिन स्वयम्भुनाथमा पूजा गरिन्थ्यो ।

३९ वर्ष अघि सेवाको प्रारम्भिक चरणमा रहेको पाटन अस्पतालमा जन्मिएका उनी भुटानको शाही परिवारका हुन् भन्ने कुनै सूचना दिइएको थिएन । यसबारे नेपालको राजपरिवार मात्र जानकार थियो । नेपाल र भुटानी राजसंस्थाबीच अति राम्रो सम्बन्ध रहेको बताइन्छ । नेपालको राजपरिवारसँग भुटानको राजपरिवारको अति निकट सम्बन्ध् थियो । भुटानी भावी राजाको रक्षक मानिएको देवतालाई हरेक दिन स्वयम्भुनाथमा पूजा गरिन्थ्यो ।

पाटन अस्पतालमा अविवाहित छिरिङ योङडोनले वाङचुकलाई जन्मदिएकी थिइन् । भुटानी सेनाका वरिष्ठ अधिकारी याब युगेन डोर्जीकी छोरी छिरिङले जन्म दिएकी बालकको नाम पछिमात्र जिग्मे केशर नामग्याल वाङचुक राखियो, यस अघि जिग्मे गेसर थियो । नामग्याल आठ वर्षको भएपछि मात्र भुटानी राजा जिग्मे सिङ्गे वाङचुकले छिरिङसँग विवाह गरेका थिए । सन् १९८८ मा छिरिङसँगको विवाहलगत्तै राजा वाङचुकले नामग्याललाई भुटानको राजगद्दीको उत्तराधिकारी घोषित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *