उपेन्द्र यादवको पार्टीले सरकार छाड्ने

समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो। यादवले केहीबेरमै राजीनामा घोषणा गर्ने स्रोतले जनायो। समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए। तर प्रधानमन्त्रीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिदिए।
यस्तो थियो उपेन्द्र यादवले मन्त्रिपरिषदमा राख्न खोजेका प्रस्ताव:

आज छोरालाई स्कुल पुर्‍याउन पाएनन् अर्जुनबहादुरले मोटरसाइकललाई ठक्कर दिएर भाग्यो ट्रक

ट्रकको ठक्करले मोटरसाइकल चालक अर्जुनबहादुर केसीको मृत्यु भएपछि सडकमा भेला भएका स्थानीय। तस्बिर : रोसन दानीट्रकको ठक्करले मोटरसाइकल चालक अर्जुनबहादुर केसीको मृत्यु भएपछि सडकमा भेला भएका स्थानीय। तस्बिर : रोसन दानी

काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करले मोटरसाइकल चालक ४१ वर्षका अर्जुनबहादुर केसीको मृत्यु भएको छ।प्रदेश ३-०२-००९ प ७६२१ नम्बरको मोटरसाइकल चलाइरहेका केसीलाई मंगलबार बिहान नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो।

पर्वत ठूलोपोखरी घर भएका भई हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ चेकपोस्ट बस्ने केसीको घटनास्थलमै मृत्यु भएको छ।केसी छोरालाई कलंकीस्थित एलआरआई स्कुलमा छाड्न जाँदै थिए।मोटरसाइकलको पछाडि बसेका उनका छोरा सामान्य घाइते छन्।

केसीको शव अहिले सडकमै छ।स्थानीय बासिन्दा सडकमा भेला भएका छन्।प्रहरी बिहानै घटनास्थल पुगे पनि मोटरसाइकललाई ठक्कर दिएर भागेको ट्रक समाउन सकेको छैन।सामान्य घाइते मृतकका छोराको सतुंगलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ,’ महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले सेतोपाटीसँग भने, ‘ट्रकको खोजी भइराखेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *