पत्रपत्रिकामा प्याक गरेको खानेकुरा भुलेर पनि नखानुहोस्,हुन सक्छ यस्तो खतरा

काठमाडौं । पत्रपत्रिका वा कागजमा मिठाईहरु प्याक गरेर राख्ने बानी प्राय धेरैको हुन्छ । सबै ठाउँमा पसलेहरू चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा पत्रिकामा बेरेर दिने गर्छन्  । धेरै मानिसहरु घरमा खाना प्याक गर्न पनि पत्रिका नै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि पत्रिकामा ती चीज राख्ने गरिन्छ । तर हामीले पत्रिकामा राखिएको खाद्ययपदार्थले हाम्रो स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हुन्छ भन्ने कुरा थाहा हुदैन ।

यो अभ्यासलाई रोक्न हाम्रो मुलुकमा कुनै कानुनी व्यवस्था गरिएको नपाइए पनि भारतमा त्यहाँको सरकार यसप्रति निकै गम्भीर भएको छ । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण ९ईएफएसएसएआई० ले हालै एडभाइजरी जारी गर्दै पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका लागि खतरनाक बताउँदै भारतीय नागरिकलाई यसप्रति सचेत गराएको हो । अखबारलाई थालका रूपमा उपयोग गर्दा क्यान्सर लगायत हुने खतरा बढछ ।

पेटसम्बन्धी समस्या, उच्च रक्तचाप, मृगौलाको रोग हुने जोखिममा समेत वृद्घि हुन्छ । यस्ता खानेकुराले बालबालिका र बूढापाका बढी प्रभावित हुन्छन्, किनकि उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ । अखबारमा समाचार वा फोटो छाप्न जुन मसीको उपयोग हुन्छ, त्यसमा डाई, पिग्मेन्टस, अल्कोहल, आइसोब्युटाल फटालेट, प्रिजरभेटिभ, ग्रेफाइट, डाइएन आइसोब्युटाइलेट जस्ता रसायन हुन्छन् । यी सबै रसायन निकै खतरनाक हुन्छन् ।

यिनको थोरै अंशले पनि हाम्रो शरीरमा क्यान्सरजस्तो घातक रोग उत्पन्न गर्न सक्छ । पत्रिकामा राखिएका खाद्यपदार्थ सेवन गर्दा पाचन प्रणाली पनि प्रभावित हुन्छ । पत्रिकाको मसीमा हुने रसायनले गर्दा हाम्रो पाचन प्रणालीमा प्रतिकूल असर पर्छ ।अर्को कुरा, अखबारमा उपयोग गरिने मसी सुकाउन जुन रसायन प्रयोग गरिन्छ, त्यो तैलीय खाद्यपदार्थसँग टाँसिन्छ र खानाका माध्यमले हाम्रो पेटमा पुग्छ । यसले गर्दा फोक्सो र मूत्राशयको क्यान्सर हुने जोखिम बढ्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *