पैसा कमाउन सोच्न सजिलो होस् भनेर बनाइयो एक लाख डलरका नोट टाँसेर कुर्ची

एजेन्सी– यस्तो लाग्छ, मानौँ विश्व अहिले पनि पैसाको पछाडि दौडिइरहेको छ । हुन पनि विश्वको जुनसुकै कुनामा पनि पैसाका लागि केही गर्नु पर्छ भन्ने सोच बढिरहेको छ ।

अब रुसको राजधानी मस्कोमा पनि एउटा आर्ट म्युजियममा यस्तो कुर्ची बनाइएको छ जसमा कम्तिमा पनि एक लाख अमेरिकी डलरका नोट टाँसिएको छ । यो कुर्चीमा आम मानिस पनि बस्न पाइने बनाइएको छ ।यो कुर्चीको नाम एक्स १० मनी थ्रोन राखिएको छ । यसलाई आम मानिसलाई बस्नका लागि बनाइनुको कारण यसमा मानिसहरु बसेर पैसा कमाउने भन्नेबारे सोच्नका लागि हो ।

विचार कहाँ हरायो नेपाली युवाको जोश ?

हाम्रो समाजमा बारम्बार विभिन्न विषयमा चर्चा परिचर्चा भइरहेका छन् । अहिले नेपाली समाजमा र राजनीतिमा चर्चाको केन्द्रविन्दू भएको छ, मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसिसी । यस विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरु पनि दुई तर्कमा विभाजित छन् ।

तर, अचम्म लाग्दो कुरा के छ भने केही सिमित व्यक्तिहरुले मात्र यसबारे बुझेर प्रतिक्रिया दिइरहेका छन् । अरु धेरैजसो ती व्यक्तिहरुले जे बोलेका छन्, त्यसको पछाडि लागेर आफ्नो धारणा सामाजिक सन्जालमा व्यक्त गरेका छन् । मलाई यो कुराले अचम्ममा पारेको छ, यो कुरा उदेकलाग्दो किन छ भने अहिले नेपाली युवाहरुको अध्ययन गर्ने मनोविज्ञान हराएको प्रष्ट बुझ्न सकिन्छ ।

के नेपाली युवाको अध्ययन गर्ने मनोविज्ञान हराएकै हो  के नेपाली युवाको अध्ययन गर्ने जोश हराएकै हो  एकथरिलाई लाग्दो हो, यो एमसिसी भनेको त दातृ संस्थाले बुझाउनु पर्ने कुरा हो । अर्कोथरिलाई लाग्दो हो, यो सरकारले बुझाउनु पर्ने विषय हो । मलाई चाहिँ यी दुवै कुरा लाग्दैन । मलाई त के लाग्छ भने यो कुरा युवाहरु आफैंले बुझ्नु पर्ने हो । के युवाहरुले यसबारे अध्ययन गर्नु पर्ने होइन ?

दातृ संस्था अर्थात् एमसिसीको परिकल्पनाकार अमेरिकाले केहीअघि तिमीहरुलाई सहयोग चाहिँदैन भने हामी फिर्ता हुन पनि तयार छौँ भन्ने अभिव्यक्ति दिएका थिए । यस्तो कुरा आइसकेपछि नेपाली युवाले त झन् यसबारे बुझ्नु पर्ने थियो, यसबारे अध्ययन गर्नु पर्ने थियो । यो के हो, यसका सकारात्मक पक्ष के हुन्, यसका नकारात्मक पक्ष के हुन्, असर के हुन् भन्ने अध्ययन र छलफल नेपाली युवाले चलाउनु पर्ने थियो, बुझ्नु पर्ने थियो ।

तर, नेपाली युवा जमात यसबारे अत्यन्त हलुका टिप्पणी गरिरहेको छ । नेपाली युवा समाज यसबारे प्रष्ट धारणा राखिरहेको छैन । यसबारे टिप्पणी गर्नु पहिले नेपाली युवाहरु एउटा बन्द कोठामा २४ घन्टा बसेर के विमर्श गर्नु पर्ने होइन, मन्थन गर्नु पर्ने होइन ? योसँग सम्बन्धित विषयमा प्रश्नउत्तर गर्ने, योसँग सम्बन्धित विषयमा छलफल गर्यो भने योबारे प्रष्ट धारणा आउँथ्यो नि । तर, एमसिसीबारे सामाजिक सन्जलमा जे कुरा आइरहेका छन्, त्यसले त यसलाई झन् विवादित र अन्योलमा धकेलेको छ । प्रष्ट छ, यो नबुझेकाले भएको हो ।

कहिलेकांही म आफैंले आफैंलाई सोध्छु र सोच्छु– नेपालमा किन ठूलाठूला विद्वानहरु जन्मिएनन् होला ? अनि आफैंलाई उत्तर पनि दिन्छु– नेपाली युवामा धैर्य गरेर खोजअनुसन्धान गर्ने सक्ने जोश नै छैन, उनीहरुको जोश हराएको छ । हो, हाम्रै समाजमा महेशचन्द्र रेग्मीजस्ता व्यक्तिहरु पनि नजन्मिएका होइनन् । तर, जति विद्वान हाम्रो समाजले पाउनु पथ्र्यो, हाम्रो समाजमा हुनुपथ्र्यो त्यति विद्वान छैनन् । अनि यसको कारण हामीमा अध्ययनका लागि आवश्यक धीरता नभएर हो भन्ने लाग्छ ।

त्यसो त नयाँ नयाँ कुरा अध्ययन गर्ने र अनुसन्धान गर्ने कार्यमा हाम्रा स्कुल कलेजले कहिल्यै प्रोत्साहन पनि गरेनन् । हाम्रा विश्वविद्यालयहरु समाजमा बोल्नु पर्ने अवस्थामा कहिल्यै बोल्दैनन् । मलाई अचम्म लाग्छ, हाम्रा विश्वविद्यालयहरु मृतजस्ता देखिन्छन् । के यस्तो विषयमा विश्वविद्यालयबाट आवाज आउनु पर्ने होइन ? के हाम्रा प्रोफेसरहरु समाजमा आवश्यक कुरामा बोल्नु पर्ने होइन ?

विडम्बना ! हाम्रा प्रोफेसरहरु, हाम्रा विश्वविद्यालयहरु यस्ता विषयमा बोल्दैनन् ।अहिले एमसिसीको विषयमा सरकारमा भएको पार्टीका नेताहरु नै मिडियामा आइरहेका छन्, लडाइँ र झगडा गरिरहेका छन् । पार्टीगत रुपमा आफ्नो स्ट्यान्ड कहाँ हुने भनेर छलफलमा उनीहरु जुटिरहेका छन् । तर, एमसिसीको प्रसंग आएको यतिका समयपछि उनीहरु पनि अध्ययन नगरी बोलिरहेका छन् । यसले हाम्रो समाजको छाया प्रतिविम्ब गर्छ । र, निश्चित छ, यो कुरा कुनै हालतमा राम्रो हुनै सक्दैन ।

हुन त अमेरिकी दूतावासले यस विषयमा बोलेको छ । तर, मलाई हाम्रा युवाहरु निकै महत्वपूर्ण लाग्छन् । अबको आशा भनेका पनि हाम्रा युवाहरु नै हुन् । भोलि देश सम्हाल्ने पनि अहिलेका युवाहरु नै हुन् । तर, उनीहरु सामाजिक सन्जालमा अनेकथोक लेख्न व्यस्त छन् । नचाहिने विषयमा काम गर्न अगाडि बढिरहेका हुन्छन् । उनीहरुलाई आवश्यक विषयमा सोच विचार गर्ने फुर्सद नै छैन । यस्तो कुराले फेरि पनि ममा प्रश्न जन्माउँछ– कहाँ हराइरहेको छ हाम्रो युवाको जोश ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *